दश क्वीन्टल शंखेकिरा नष्ट - Pahilo Online

दश क्वीन्टल शंखेकिरा नष्ट

एक केजी किरा संकलन गरे बापत २५ रूपैयाँ

writer

मोहन भट्टराई

पथरी । बारीमा लगाएको तरकारीबाली नष्ट गर्न थालेपछि शंखेकिरा नियन्त्रण अभियान शुरु गरिएको छ । जाईन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षती पु¥याउन थाले पछि स्थानिय सरकारको पहलमा शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो ।


जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा किसानले लगाएको बालीमा क्षती गरे पछि बिहीबार, शुक्रबार र शनीबार गरेर १० क्वीन्टल शंखेकिरा संकलन गरिएको छ । एक केजी किरा संकलन गरे बापत २५ रूपैयाँ दिएर संकलन गरिएको हो । नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा संकलन गरिएको किरालाई नुन छर्केर गाडिएको छ । नुनले नै किरा मर्ने भएकाले यस्तो गरिएको वडा सदस्य इन्द्र ढकालले बताउनु भयो । ‘शंखेकिरा मार्न हामीले अनेकौं प्रयास गर्यौं तर सकिएन,’ उहाँले भन्नुभयो, ‘एउटै उपाय भनेको संकलन गर्ने र त्यसपछि नुन छर्केर मार्ने हो ।’ उहाँले संकलन गरिएको किरामा नुन राखेको र सबै मरे पनि खाडल खनेर गाड्ने बताउनु भयो ।

वडाको बजेटमा नै समेटेर शंखे किरा नियन्त्रणमा लागेको वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताउनु भयो । उक्त ठूलो प्रकारको शंखेकिरा नेपालको रैथाने नभएको तर खानेपानीका लागि ठूला पाइप विदेशबाट भित्र्याउँदा पाइपभित्र किरा पसेर आएको हुन सक्ने लुइटेलको अनुमान छ । शंखेकिराको संख्या बढ्दा भविष्यमा ठूलो क्षति पु¥याउने भएकाले यसलाई समयमै नस्ट गर्नुपर्ने उहाँले बताउनुभयो । चिसो समयमा जमिनमुनि लुक्ने शंखेकिरा गर्मी याममा बाहिर निस्कने गर्दछ । यो किराले एक पटकमा १६ सय अण्डा पर्ने भएकाले छिटो फैलिने गर्दछ । यसले अन्नबाली उम्रिने बित्तिकै नष्ट गर्ने वडाध्यक्ष लुइटेलले बताउनुभयो ।

२÷४ बर्ष पहिले सम्म शंखेकिरा सामान्य मात्रामा देखिए पनि गत बर्ष देखि ब्यापक रुपमा फैलिएको कृषक खगेन्द्रप्रसाद निरौलाले बताउनुभयो । उहाँले आफुले बारीमा लगाएको भिन्डी, करेला, बोडी, बन्दा, भन्टा आदीमा शंखेकिराले क्षती पु¥याएको बताउनुभयो । ‘पहिले सामान्य मात्रामा कतैकतै थियो, तर अहिले जताततै शंखे भेटिन्छ, मैले रोपेका तरकारीको पात र डाँठ नै शंखेले खायो’ —उहाँले भन्नुभयो ।

लेटाङ नगरपालिकाकी उप–प्रमुख कृष्णकुमारी निरौला, वडा नं. ९ का अध्यक्ष कृष्ण प्रसाद लुइटेल, नागरिक समाजका अगुवा तथा स्थानीयको उपस्थीतिमा तेलि खोलमा खाल्डो खनेर संकलित शंखेकिरा पुरिएको छ । नुनले केही मात्रामा मर्ने भएपछि खाडीबाट नभागोस भनेर नुन लगाएर पुरिएको छ ।

साविकको जाँते गाविस विषेश गरेर तरकारीका लागि उर्वर मानिन्छ । यस क्षेत्रमा किसानलाई खेति गर्न मुश्किल पर्न थालेको र यसको प्रकोपबाट जोगाउनका लागि वडाले योजना ल्याएकाले नगरले पनि यसमा साथ सहयोग गर्ने उप–प्रमुख निरौलाले बताइन् ।

शुरु शुरुमा यहाँका किसानहरुले शंखेकिरा नियन्त्रणको लागी आफै बिषादी छर्ने, किरा संकलन गरेर मार्ने समेत गरेका थिए । तर अहिले यो किरा ब्यापक रुपमा फैलिएपछि आफै नियन्त्रण गर्न समस्या भएको किसानहरु बताउँछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes