माथिको मुख नताकौंः प्रमुख सचिब - Pahilo Online

माथिको मुख नताकौंः प्रमुख सचिब

बारम्बार सचिब परिवर्तनले काम प्रभावित

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेशको प्रमुख सचिवको रुपमा भर्खरै कार्यभार सम्हान्नुभएका केदार न्यौपानेले आवश्यकता अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्ने बताउनुभएको छ ।

प्रदेशमा सबैभन्दा पहिलो एजेण्डा समृद्धिको हुने बताउँदै प्रमुख सचिब कोइरालाले गरिबी, अज्ञानता घटाउने र पुरानो अवस्थाबाट नयाँ अवस्थामा पु¥याउन आफूले कार्ययोजना निर्माण गर्ने बताउनु भयो ।

सोमबार मात्रै कार्यभार सम्हाल्न विराटनगर आइपुग्नुभएका न्यौपानेले मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर आवश्यक निर्देशन दिनुभएको छ । उहाँले जे जस्तो अवस्थामा भएपनि आफूले काम अघि बढाउनुपर्ने र माथिको मुख ताक्न नहुनेमा जोड दिनुभएको थियो ।

काम कसरी गर्ने भन्ने विषयमा अझै वृहत छलफल गरेर कार्ययोजनाको खाका तयार गरेर अघि बढ्ने प्रमुख सचिब कोइरालाले बताउनुभएको छ । प्रदेशको प्रमुख सचिव ६ महिनाभित्रमा ४ जना फेरिएका छन् । न्यौपाने चौथो पटक प्रदेशको प्रमुख सचिव भएर १ नम्बर प्रदेशको राजधानी विराटनगर आउनुभएको हो ।

यसअघि मुख्य सचिवको रुपमा राजेश्वरमान सिंह, यादवराज कोइराला र सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मुख्यसचिव मात्रै होइन प्रदेश सरकारका अन्य मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा कर्मचारीको पनि बारम्बार सरुवा भइरहेको छ । प्रदेश सरकारसँग समन्वयसमेत नगरी जथाभावी संघीय सरकारले सचिब सरुवा गर्दा सरकारको काम कार्वाहीमै असर पुगिरहेको मन्त्रीहरुले बताउँदै आएका छन् ।

निजामती कर्मचारीहरूको सरुवा २ वर्षमा हुने ऐनको व्यवस्था छ । तर, प्रदेशका सचिवहरूको सरुवा ६ महिनामा ४ पटकसम्म हुनुको कारणसमेत संघीय सरकार र सामान्य प्रशासन मन्त्रालयले दिएको छैन । कुनै मन्त्रालयका सचिव सरुवा भएर हाजिरै नभई सरुवा भएका छन् भने कतिपय सचिब दुई सातामा सरुवा भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको टिप्पणी छ ।

सामाजिक मन्त्रालयमा ६ महिनाअघि सचिव भएर आएका वासुदेव शर्मा पौडेलको सरुवा ६ महिनामा ४ पटक भएको छ । प्रदेशको सचिवालयमा सचिव पदमा हाजिर भएको १२ दिनमा पौडेलको फेरि सरुवा भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएका गंगाराम गेलालको हाजिरै नभई सरुवा भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय महिनौंदेखि सचिवविहीन छ ।

प्रदेश सरकारका सचिब वासुदेव शर्मा पौडेलको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सचिवबाट ३ महिना नपुग्दै मुख्यमन्त्री कार्यालयमा सरुवा भएको थियो । त्यहाँबाट प्रदेशसभा सचिबालयमा हाजिर गरेको १२ औं दिनमा उनको २ नम्बर प्रदेशमा सरुवा भएको छ । सचिवहरुको जथाभावी सरुवाले स्वभाविक रुपमा काम प्रभावित हुने प्रदेशका प्रमुख सचिव केदार न्यौपानेको भनाइ छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हालसम्म ३ जना सचिव फेरिएका छन् । संघीय सरकारले प्रदेश सरकारका सचिवहरूको सरुवा आफूखुसी गर्दा प्रदेश सञ्चालनमा नै बाधा पुगेको छ । यसरी सरुवा गर्दा केन्द्रका मन्त्रीले प्रदेशका मन्त्रीसँग सामान्य सल्लाहा समेत गर्ने गरेका छैनन् । मन्त्रालयका सचिवहरूको सरुवा प्रदेशका मन्त्रीले सुइँको पाउँदैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes