अज्ञात समूहद्वारा खानेपानीमा विषादी मिसावट - Pahilo Online

अज्ञात समूहद्वारा खानेपानीमा विषादी मिसावट

२९ जना विद्यार्थी बिरामी, ४ जना गम्भीर

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले हालिदिएको बिषादीको कारण २९ जना विद्यार्थी विरामी परेका छन् ।

विषादी मिसाएको पानी पिएका १५ जना विद्यार्थी विद्यालयमै विरामी भएकोमा पानी पिएर घरमा गइसकेका अन्य विद्यार्थीहरु पनि विरामी परेका हुन् । विद्यार्थीहरुमा पानी पिउनसाथ रिंगटा चल्ने, पेट पोल्ने, वान्ता हुने समस्या देखिएको थियो ।

विरामी भएका विद्यार्थीहरु जाँचका लागि स्वास्थ्य चौकीमा आइरहेकोले यो संख्या अझै बढ्नसक्ने देखिएको प्रहरीले जनाएको छ । बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो । उनीहरुमध्ये खुश्बु मिश्र र सृष्टि निरौलालाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।

सायप्रिन नामक विषादी हालिएको खानेपानी पिउँदा विद्यार्थी विरामी परेको विद्यालयका प्रधानाध्यापक खेमराज दुलाले बताउनुभयो । विरामी परेका अन्य विद्यार्थीहरुको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे बिद्यार्थीहरुले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकहरुलाई खबर गरेका थिए । त्यसपछि खानेपानी ट्याङ्कीमा हेर्दा एक सय मिलिलिटरको सायप्रिन नामक किटनाशक विषादीको बट्टा भेटिएको हो ।

खानेपानीमा कसले विषादी हाल्यो भन्ने विषमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४ सय ९१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विषादी हालेको पानी पिएर कक्षा ९ मा अध्ययनरत अमृत पौडेल, खुश्वु मिश्र, मनकुमारी गजमेर, गीता सापकोटा, अञ्जली लिम्बू, कमला लिम्बू, कक्षा ८ मा अध्ययनरत रिजन विक, युरेन लिम्बू, कक्षा ५ मा अध्ययनरत मेश राई, सिर्जना निरौला, कक्षा ४ मा अध्ययनरत चेतन खड्का, कक्षा ७ मा अध्ययनरत सृष्टि निरौला, प्रतिमा लिम्बू, कक्षा ६ मा अध्ययनरत मनिष थापा र कक्षा १० मा अध्ययनरत पूजा लिम्बूलगायत विरामी भएका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes