प्रदेश सरकारलाई सभामुखको रुलिङ - Pahilo Online

प्रदेश सरकारलाई सभामुखको रुलिङ

writer

विराटनगर । प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले सरकारलाई प्रदेशसभाप्रति उत्तरदायी हुन र सभामा सांसदहरुले उठाएका सवलाको जवाफ दिन रुलिङ गर्नुभएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख भण्डारीले प्रदेश सरकारलाई यस्तो रुलिङ गर्नुभएको हो ।

प्रदेशसभा बैठकको शुन्य समयमा सांसदहरुले उठाएको विभिन्न विषयमा प्रदेश सरकारले जवाफ नदिएको विषय सांसद विन्दीया कार्कीले उठाएपछि सभामुख भण्डारीले सांसदहरुले उठाएका सवालहरुका जवाफ दिन सरकारइ रुलिङ गर्नुभएको हो । प्रदेशसभाको पहिलो अधिवेशनमा सांसदहरुले उठाएका विषयमा प्रदेश सरकारका मन्त्रीहरुले जवाफ दिएको भएपनि दोश्रो अधिवेशनमा भने जवाफ दिएका छैनन् ।

मंगलबारको बैठककोे शुन्य समयमा सांसदहरुले सरकारी अस्पतालहरुमा दरवन्दी अनुसार चिकित्सक नभएको र निजी अस्प्तालहरुले गरिब तथा असहायहरुलाई उपचारमा सहुलियत नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अम्बिका थापाले सरकारी अस्पतालमा चिकित्सकहरु नियमित नबस्दा विरामी समस्यामा परेको भन्दे यसमा प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने माग गर्नुभयो । अर्का सांसद विष्णुमाया तुम्बाहाम्फेले लिम्बुवानलाई समेटेर प्रदेशको नामाङ्कन हुनुपर्ने माग गर्दै अन्यथा समस्या हुने चेतावनी दिनुभयो ।

मंगलबारको बैठकमा विषेश समय लिएर बोल्दै सोलुखुम्बुका नेकपाका सांसद बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको गोक्यो तालमा डुबेर बेपत्ता भएका विद्यार्थीहरुको अवस्था र उनीहरुको उद्धारका बारेमा सरकारको जवाफ माग्नुभएको थियो । त्यसबारे संसदलाई जानकारी दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बेपत्ता भएका तीन विद्यार्थीको आवश्यक जनशक्ति र उपकरणको अभाबमा स्थानीय सुरक्षा निकायले उद्धार र खोजी गर्न नसकेकोले काठमाडौंबाट तालिमप्राप्त टोली लुक्ला पुगेको जानकारी दिनुभयो । खराब मौसमका कारण टोली घटनास्थलसम्म भने पुग्न नसकेको उहाँले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes