बजेट हैन विकास माग्न मन्त्रीको सुझाब - Pahilo Online

बजेट हैन विकास माग्न मन्त्रीको सुझाब

writer

पहिलो अनलाइन

पाँचथर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले जनप्रतिनिधिहरुले सरकारसँग बजेट हैन विकास माग्नुपर्ने बताउनुभएको छ ।

गृहजिल्ला पाँचथरको कुम्मायक गाउँपालिकाको तेस्रो गाउँसभालाई आइतबार सम्बोधन गर्दै मन्त्री आङ्वोले विकासका योजना निर्माण गरेर अगाडि बढ्न सुझावसमेत दिनुभयो ।

सरकारको मुख्य एजेण्डा विकास र समृद्धि भएकोमा जोड दिँदै मन्त्री आङ्वोले आगामी वर्षदेखि दिगो विकासका लागि ठोस योजनाहरुमा मात्रै बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । विकास बजेट कनिका झै छरिँदा उपलब्धि प्राप्त हुन नसकेको उल्लेख गर्दे उहाँले डोजर चलाएर मात्रै विकास हुन्छ भन्ने मानसिकता त्याग्न स्थानीय जनप्रतिनिधिहरुलाइ आग्रह गर्नुभयो ।

समृद्ध कुम्मायक, सुखि कुम्मायकवासी भन्ने नारासहित गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँपालिकालाई अर्गानिक उत्पादन क्षेत्रको विकासका रुपमा विकास गर्ने, दुई वर्षभित्र सबै स्थानमा विद्युत विस्तार गर्ने, विपन्न नागरिकको निःशुल्क उपचार गर्ने, सबै वडाहरुमा सडक सञ्जाल पु¥याउने, ३० सैय्याको अस्पताल निर्माण गर्ने र पर्यटनको विकासका निम्ति होमस्टे सञ्चालन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष सिता आचार्यले सो अवसरमा २४ करोड ३४ लाख ४ हजार रुपैयाँको बबजेट सो अवसरमा सार्वजनिक गर्नुभयो । बजेटमा चालु खर्चतर्फ ३ करोड ५० लाख, पुँजीगततर्फ १० करोड ९ लाख र सशर्त अनुदानतर्फ १० करोड ७५ लाख खर्च हुने अनुमान गरिएको छ ।

यस्तै आयतर्फ आत्नरिक राजस्व २५ लाख नेपाल सरकार अनुदान ७ करोड १३ लाख, राजस्व बाँडफाँड ५ करोड ७ लाख, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान ९ करोड ७५ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ३३ लाख र बाँकी मौज्दात ८० लाख रहेको छ । गाउँपालिकाले सडकको लागि एक करोड, शिक्षका लागि ८ करोड, स्वास्थ्यका लागि २ करोड विनियोजन गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जुङले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes