जिल्ला अदालतमा ६० प्रतिशत मुद्दा किनारा - Pahilo Online

जिल्ला अदालतमा ६० प्रतिशत मुद्दा किनारा

अंश र सम्बन्ध बिच्छेदका मुद्दा धेरै/लागुऔषधको मुद्दा पनि बढ्दै

writer

पहिलो अनलाइन

विराटनगर । जिल्ला अदालत मोरङले चालु आर्थिक वर्ष २०७४÷०७५ को हालसम्म ६० दशमलब १५ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ ।

चालु आर्थिक वर्षको असार २६ गतेसम्म ६ हजार ४ सय ७३ वटा मुद्दा दर्ता भएकोमा ३ हजार ८ सय ९४ वटा मुद्दा किनारा लगाएको अदालतले जनाएको छ ।

अदालतले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार २ हजार ५ सय ७९ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । जसमा अघिल्लो आर्थिक वर्षबाट फछ््र्यौट हुन बाँकी रहेको मुद्दा चालु आर्थिक वर्षमा २ हजार २ सय १३ वटा जिम्मेवारी सरेर आएको थियो ।

जिल्ला न्यायधीश राजुकुमार खतिवडाका अनुसार मोरङमा अंश र सम्बन्ध विच्छेद गर्ने संख्या प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । मोरङमा फछ्र्यौट भएको सबैभन्दा बढी मुद्दासमेत अंश र सम्बन्ध विच्छेद रहेको श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ६ सय ९७ वटा अंश सम्बन्धि मुद्दा फछ्र्याैट भएको थियो । चालु आर्थिक वर्षमा अंशमुद्दा १ हजार ७५ वटा दर्ता भइ ५ सय ८६ वटा फछ्र्यौट भयो भने ४ सय ८९ वटा मुद्दा बाँकी रहेको अदालतको तथ्याङ्गमा देखिन्छ ।

अंशपछिको सबैभन्दा बढि मुद्दा सम्बन्ध विच्छेदको रहेको छ । कम उमेरमा विवाह गर्नु, एक आपसमा भावना नमिल्नु र वैदेशिक रोजगारको कारणले गर्दा जिल्लामा सम्बन्ध विच्छेदको घटना बढेको न्यायाधिश खतिवडाको भनाइ छ । गत आर्थिक वर्षमा ८ सय १९ वटा सम्बन्ध विच्छेदको मुद्दा फछ्र्यौट भएको थियो ।

चालु आर्थिक वर्षमा ८ य ६६ वटा सम्बन्ध विच्छदको घटना दर्ता भएकोमा ६ सय ७७ वटा फछ्र्यौट भएको छ भने १ सय ८९ वटा बाँकी रहेको छ । सम्बन्ध बिच्छेद भएकाहरुमा अधिकांश प्रेमविवाह गर्नेहरु छन् भने २० देखि ३५ वर्ष उमेर समूहका धेरै छन् ।

अहिले अदालतमा १८ महिना नाघेका २ सय ४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । निरन्तर सुनुवाई गर्नुपर्ने ३ सय ५४ मुद्दा अदालतमा दर्ता भएकामा १ सय ३ मुद्दा फछ्र्यौट भएको छ भने बाल इजलाससँग सम्बन्धि २८ वटा मुद्दा दर्ता भएकोमा २१ फछ्र्यौट भएको र ७ वटा बाँकी रहेको खतिवडाले बताउनुभयो । मेलमिलापबाट १ सय ६१ वटा मुद्दा मिलाएको खतिवडाले जानकारी दिनुभयो ।

अदालतले न्याय सम्पादन प्रक्रियालाई थप प्रभाबकारी बनाउन वर्षमा ४ वटा समुदायमा अदालत कार्यक्रम गर्ने गरेको छ । न्यायधिसहरु नै समुदायमा पुगेर न्याय सम्पादन प्रक्रिया र अदालतको काम कारबाहीबारे अन्तरक्रिया गर्ने गरेको अदालतका श्रेस्तेदार दुलालले जानकारी दिनुभयो ।

अदालतले सेवाग्राहीसँग मिट द जज, जिल्ला न्याय क्षेत्र समन्वय समिति र अदालत व्यवस्थापन समितिमा अदालतको कामबारे अन्तरक्रिया र नियमित स्टाफ मिटिङ गरेर न्याय सम्पादन प्रक्रियामा सुधार गर्दै आएको जनाएको छ । फैसला गरिएका मुद्दाहरुमा फैसला कार्यान्वयनको लागि पनि अदालतले ध्यान दिएको जनाएको छ । फैसला कार्यान्वयनतर्फ ८ सय ६७ वटा निवेदन दर्ता भएकोमा ५ सय ९९ वटा फछ्र्यौट गरिएको छ भने २ सय ६८ वटा बाँकी रहेको छ ।

पछिल्लो समय युवा समूहले लागूऔषधको सेवन र ओसारपोसारले गर्दा लागूऔषको मुद्दा प्रत्येक वर्ष बढ्दो रहेको अदालतको अभिलेखले देखाउँछ । २ सय ८८ वटा लागूऔषधको मुद्दा दर्ता भएकोमा २ सय २३ वटा फछर्यौट र ६५ वटा बाँकी रहेको छ । गत वर्ष २ सय ८ वटा मुद्दा फछ्र्यौट भएको थियो ।

चालु आर्थिक वर्षमा बहुविवाहमा ३२ वटा मुद्दा दर्ता भएकोमा २१ वटा फछ्र्यौट र ११ वटा बाँकी छ । १ सय ५८ वटा जवरजस्ती करणी मुद्दा दर्ता भएकोमा ९६ वटा फछर्यौट भएको छ भने ६२ वटा बाँकी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes