मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त - Pahilo Online

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त

writer

पहिलो अनलाइन

विराटनगर । १ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार ध्रुव सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

सुवेदी यसअघि राई सञ्चारमन्त्री रहँदा पनि प्रेस सहयोगी हुनुहुन्थ्यो । राई मुख्यमन्त्री भएसँगै उहाँकै सचिबालयमा कार्यरत सुबेदीलाई उपसचिव स्तरको सुबिधा पाउनेगरी प्रेस सल्लाहकारमा सरकारले नियुक्ति गरेको हो ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विराटनगर विमानस्थलको स्तरोन्नति गर्दा ३ हजार मिटर मिटर लम्बाइको रनवे बन्नुपर्नेमा जोड दिएको छ । जसका लागि संघीय सरकारसँग पहल गर्ने निर्णय पनि गरेको छ । यसअघि संघीय सरकारले घोषणा गरेको बजेट भाषणमा विराटनगर विमानस्थलको रनवे २४ सय मिटरको बनाउने उल्लेख छ ।

यस्तै प्रदेश सरकारले विभिन्न ३ वटा विधेयकको मस्यौदा प्रदेशसभामा पठाउने निर्णय पनि गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निर्माण गरेको २ वटा र मुख्यमन्त्रीको कार्यालयले निर्माण गरेको १ वटा विधेयकको मस्यौदा पारित गरेको हो ।

पारित विधेयकमा प्रदेश सुशासनको प्रत्याभूति गराउन बनेको विधेयक, प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक र प्रदेश वित्त व्यवस्थापन सम्बन्धी विधेयक रहेका छन् । प्रदेश सरकारले बनाउनु पर्ने २२ वटा कानूनमध्ये १५ वटा प्रदेशसभाबाट पारित भएर लागू भइसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । अझै केही कानूनहरु बन्ने र पारित गर्ने प्रक्रियामा रहेको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes