विराटनगरको बजेट ४४७ करोड - Pahilo Online

विराटनगरको बजेट ४४७ करोड

दुई वडामा अस्पताल, मोतियाबिन्दुको निःशुल्क उपचार

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाको आइतबारबाट सुरु भएको दोश्रो नगरसभामा महानगरप्रमुख भीम पराजुलीले आगामी आर्थिक वर्षको अनुमानित बजेट पेश गर्नुभएको हो ।

बजेटमा महानगरपालिकातर्फ २ अर्ब ५२ करोड, ८३३ लाख ४९ हजार र मझौला शहररी वातावरणीय सुधार परियोजना÷ क्षेत्रीय शहरी विकास परियोजनातर्फ १ अर्ब ९४ करोड २५ लाख गरी जम्मा ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरिएको हो । उल्लेखित अनुमानित रकममध्ये महानगरपालिकाको आन्तरिक श्रोतबाट ५४ करोड ३ लाख, राजस्व बाँडफाँडबाट ३७ करोड ५ लाख ४ हजार, संघीय र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

महानगरले संघीय र प्रदेश सरकारबाट ससर्त अनुदान विषयगत कार्यालयतर्फ ४४ करोड ९३ लाख प्राप्त गर्नेछ । यस्तै समपुरक र विशेष अनुदानतर्फ १० करोड, ससर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसंस्था अनुदान ४ करोड ४३ लाख ५० हजार, जनससहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख, चालु वर्षको मौज्जात ७ करोड गरी जम्मा २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरिएको छ ।

विनियोजित कुल खर्चमध्ये नगरपालिकातर्फको चालु खर्चका लागि ३३ करोड ६८ लाख ५२ हजार विनियोजित गरिएको छ । संघीय सरकार सामाजिक सुरक्षाभत्ता २० करोड, भौतिक पूर्वाधार निर्माणका लागि परियोजनासमेत ३ अर्ब २५ करोड ३ लाख ३३ हजार, वातावरण तथा सरसफाइ, विपत व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ५ करोड ९३ लाख ३० हजार तथा सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा , कृषि तथा पशुपन्छी कार्यक्रमका लागि नेपाल सरकार ससर्त अनुदानसमेत ६२ करोड ४३ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरको दोस्रो नगरसभाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गर्नुभएको थियो । ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनर’ नारा दिएर महानगरले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
निती तथा कार्यक्रममा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा गरिवी निवारलाई प्रमुख आधार बनाएको कार्यक्रम ल्याएको विराटनगर महानगरपालिको प्रमुख भिम पराजुलीले बताउनुभयो । कार्यक्रममा विराटनगर १५ र १९ नम्बर वडामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको नगरस्तरीय अस्पतालमा स्तरोन्न्ती गर्ने उल्लेख छ । यस्तै नगरबासीको लागि निःशुल्क मोतियाबिन्दु रोगको उपचार गर्ने महानगरले जनाएको छ ।

विराटनगरमा रहेको कोशी अञ्चल अस्पताललाई प्रदेशस्तरको अस्पताल तथा मेडिकल कलेज बनाउने दीर्घकालीन योजना लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने कार्यक्रममा उल्लेख छ । यस्तै महिनाको एक पटक शहरी स्वास्थ्य केन्द्रमा महिलाहरुको पाठेघरकोे मुखको क्यान्सरको परीक्षण गरिने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes