एभरेष्टकी कृतिका नेपाल प्रथम भएको दाबी - Pahilo Online

एभरेष्टकी कृतिका नेपाल प्रथम भएको दाबी

एसइईमा विराटनगरका स्कूलको उत्कृष्ट नतिजा

writer

पहिलो अनलाइन

विराटनगर । २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभरेष्ट स्कूलकी छात्रा कृतिका थापा नेपाल टप भएको स्कूलले दाबी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ सार्वजनिक गरेको नतिजामा एभरेष्टबाट एसइई परीक्षा दिएकी कृतिकाले जिपिए ४ ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीले जानकारी दिनुभयो ।

जिपिए ४ ल्याउने थापा नेपालकै टप एसइई परीक्षार्थी भएको स्कूलको दावी छ । यद्यपी परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २४ जना विद्यार्थीले ४ जीपीए अंक प्राप्त गरेका छन् ।

यसैबीच एभरेष्ट स्कूलले आइतबार एसइइ परीक्षामा सर्वउत्कृष्ट जीपीए ल्याउने छात्रा थापालाई सम्मान गरेको छ । देशैभरबाट सर्वात्कृष्ट ४ जीपीए ल्याउने थापालाई विद्यालयमा भब्य समारोहबीच सम्मान गरेको स्कूलले जनाएको छ ।

विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यालयका सबै विद्यार्थीले उत्कृष्ट जीपीएसहित उत्तीर्ण भएकोमा खुसी व्यक्त गर्दै एभरेष्टले आफ्नो उत्कृष्ट विगतलाई अझै उचाईमा पु¥याएको बताउनुभयो । केन्द्रीय तथा क्षेत्रीय उत्कृष्ट विद्यालय पुरस्कारबाट पुरस्कृत भइसकेको एभरेष्टले उच्चमावि हुँदै यसै वर्षदेखि करिब ५० करोड रुपैयाँ लगानीमा उच्च शिक्षाको परियोजना सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

विराटनगरका स्कूलको उत्कृष्ट नतिजा
विराटनगरको निजी विद्यालयले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेसँगै विराटनगरका स्कूलका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

विराटनगरमा रहेको एभरेष्ट स्कूलकी कृतिका थापा नेपाल टप भएको स्कूलले दावी गरेको छ । एभरेष्टबाट १ सय ४७ जनाले दिएको परीक्षामा ९० जनाले ३.६१ जीपीएभन्दा बढी, ५६ जनाले ३.२५ देखी ३.६ जीपीए ल्याएको स्कूलका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिनुभयो । कृतिकाले ४ जीपीए ल्याएकी छन् ।

सगरमाथा स्कूलबाट १ सय ८१ जना विद्यार्थीले दिएको परीक्षामा ५१ जना विद्यार्थीले ३.६ जीपीए, १ सय २५ जनाले ३.२ देखि ३.५ जीपीए र ५ जनाले ३.१० जीपीए ल्याएको स्कूलका प्रिन्सिपल बिनोद अधिकारीले बताउनुभयो । त्यस्तै मोर्डनएरा स्कूलबाट ६० जनाले दिएको परीक्षामा ४ जनाले ३.९ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कूलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिनुभयो ।

विराटनगरको हाटखोलामा रहेको ग्रेडेड स्कूलबाट ३८ जना विद्यार्थीले दिएको परीक्षामा सुरज खड्काले उत्कृष्ट नतिजा ल्याएका छन् । उनले ३.८ जीपीए ल्याए स्कूल टप गरेका छन् । स्कूलका ४ जनाले ३.६ जीपीए, २१ जनाले ३.२ देखी ३.५ जीपए र १३ जनाले २.८ जीपीए भन्दा बढी ल्याएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिनुभयो ।

त्यस्तै कान्तिपुर स्कूलबाट २८ जनाले दिएको परीक्षामा ४ जनाले ३.६ जीपीए, १४ जनाले ३.२ देखि ३.५ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको स्कूलले जनाएको छ । विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन, नमुना बोर्डिङ स्कूल, गौतम बुद्ध, बिकेभिएम, केभिएम, अरनीको स्कूल, लर्डबुद्ध, मदर टेरेसा, सेन्टजोसेफ, अर्किड, सिद्धार्थ, अन्नपूर्ण एकाडेमीलगायतको स्कूलले उत्कृष्ट नतिजा ल्याएका छन् । त्यसैगरी मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मोरङ पब्लिक स्कूलले समेत उत्कृष्ट नजिता ल्याएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes