प्रदेश सरकारको बजेट ३५ अर्ब ९३ करोड - Pahilo Online

प्रदेश सरकारको बजेट ३५ अर्ब ९३ करोड

पूर्वाधार विकासमा सबैभन्दा धेरै ९ अर्ब बिनियोजन

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक २०७५/७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख बजेट प्रदेशसभामा पेस गरेको छ ।

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शुक्रबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा पूँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५ प्रतिशत र चालुतर्फ १४ अर्ब ९२ करोड २८ लाख अर्थात ४१ दशमलव ५ प्रतिशत बिनियोजन गरिएको छ । यसैगरी बजेटमा अन्तरसरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सबैभन्दा वेस, एक नम्बर प्रदेश भन्ने नारासहित आएको बजेटमा बजेटमा संघीय सरकारबाट प्राप्त हुने अनुदान २२ अर्ब ८८ करोड ७० लाख, राजस्व बाँडफाँडबाट प्राप्त हुने ९ अर्ब १८ करोड ११ लाख र आन्तरिक राजस्वबाट ३ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ प्राप्त हुने आँकलन गरिएको छ । अनुदानबाट प्राप्त हुने रकम स्पष्ट भएपनि आन्तरिक राजश्वको भने अनुमान मात्र गरिएको हो ।

प्रदेश सरकारले गरिबि न्यूनिकरण गर्ने, प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने, भौतिक तथा सामाजिक पूर्वाधार तयार गरी समुन्नत सुदृढ स्वाधिन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यसहित बजेट तयार गरेको आर्थिक मामिला मन्त्री आङ्वोले बताउनुभयो । यसअघि प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी बजेट ल्याउने बताइरहेकोमा कृषिलाई बेरोजगारी अन्त्य गर्ने आधारका रुपमा विकास गर्ने लक्ष्य बजेटमा लिइएको छ । बजेटमा कृषि अनुदान कोष निर्माण गरी किसानलाई सस्तो व्याज दरमा ऋण प्रदान गर्ने, पाउडर दुध उत्पादन गर्नेलाइ अनुदान दिने, प्रदेशमा कम्तीमा ३ वटा सित भण्डारण केन्द्र स्थापना गरिने, कृषि औजार खरिदका लागि अनुदान दिने लगायतका विषय उल्लेख गरिएको छ ।

बजेट प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ८९ करोड विनियोजन गरेको छ । पर्यटन क्षेत्रको विकासका लागि उच्च हिमाली पदमार्गका साथै, एक नम्बर प्रदेशको सान सबैको अनुहारमा मुस्कान भन्ने नाराका साथ दिगो विकासको संवाहकको रुपमा पर्यटन क्षेत्रको विकास गरिने उल्लेख छ ।

मन्त्री आङ्बोले प्रस्तुत गरेको बजेटमा आगामी ५ वर्षमा १५ सय मेगावाट, १० वर्षमा ३ हजार र १५ वर्षमा ४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । जसका लागि प्रदेश स्तरमा जलविद्युत् लगानी कम्पनी गठन गर्ने उल्लेख छ । प्रदेश सरकारले जलविद्युत्को विकासका लागि ७१ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै उद्योगको विकासका लागि प्रदेश सरकारले १ अर्ब ३० करोड विनियोजन गरेको छ । विराटनगर आसपासको क्षेत्रलाई औद्योगिक करिडोर र व्यापारिक हवको रुपमा विकास गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ ।

बजेठट शिक्षा क्षेत्रमा सरकारले १ अर्ब ३५ करोड विनियोजन गरिएको छ । शिक्षाको गुणस्तर सुधारका लागि प्रत्येक वर्ष १४ वटा सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने, शिक्षकलाई गुण र दोषका आधारमा कारबाही गर्ने पनि अर्थमन्त्री आङ्बोले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

स्वास्थ्यको क्षेत्रमा पनि प्रदेश सरकारले स्वस्थ जनता प्रदेशका मूल्य निधि भन्ने नारा अबलम्वन गरेको छ । कोशी अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने, प्रदेशको राजधानीमा कम्तीमा ५ सय शैय्याको सुविधान सम्पन्न अस्पताल स्थापना गर्ने, प्रत्येक जिल्लामा १ सय शैया र गाउँपालिकामा १५ देखि २५ शैयासम्मको अस्पताल स्थापना गर्ने बजेटमा उल्लेख छ । स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेशले १ अर्ब ४४ करोड विनियोजन गरेको छ ।

प्रदेश सरकारले खेलकुदको विकासका लागि ४३ करोड, आवास तथा भौतिक पूर्वाधारका लागि ९ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । वन, वातावरण संरक्षण, सरसफाई र खानेपानीमा २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ भने सुरक्षा, सामाजिक न्याय, सद्भाव, संस्कृति र एकताका लागि १ अर्ब २९ करोड रकम विनियोजन गरेको आर्थीक मामिला मन्त्री आङ्बोले बताउनुभयो ।

बजेटमा प्रदेश क्षेत्र विकास कार्यक्रमको लागि प्रतिक्षेत्र २ करोड रुपैयाँको दरले बजेट बिनियोजन गरिएको छ । सो बजेट प्रदेशका प्रत्यक्षतर्फका ५६ क्षेत्रका सांसदले आफ्नो क्षेत्रका योजनामा खर्च गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes