नेपाली चेलीलाई भारत लैजान खोज्ने जेल चलान - Pahilo Online

नेपाली चेलीलाई भारत लैजान खोज्ने जेल चलान

writer

पहिलो अनलाइन

विराटनगर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका चार जना अभियुक्त पुर्पक्षको लागि चेल चलान भएका छन् ।

मानव तस्करी गर्ने मुख्य नाइके भारत सुपौलको कजहा १४ का ३० वर्षीय प्रदुम्ब सुतिहार, सोही ठाउँका २५ वर्षीय प्रकाशकुमार मण्डल, झापा मेचीनगर नगरपालिका ६ काँकडभिट्टाकी २२ वर्षीय लक्ष्मी दनुवार मण्डल र मेची नगरपालिका १० धुलाबारी बस्ने १९ वर्षीय पुस्मिता दनुवारलाई जिल्ला अदालत मोरङले जेल पठाएको हो ।

जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले उनीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरुलाई अहिले मोरङ जिल्ला कारागार विराटनगरमा राखिएको छ ।

अदालतले उनीहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा ८ र मुलुकी ऐन अ. व. ११८ को दफा २ बमोजिम थुनामा राख्न आदेश दिएको हो । आकर्षक तलब र विभिन्न प्रलोभन देखाएर झापाको मेची नगरपालिका १० का दुई जना किशोरीलाई विराटनगर भन्सार नाका हुँदै भारतर्फ लैजाँदै गरेको अवस्थामा ‘साना हातहरु नेपाल’ नामक संस्था र इलाका प्रहरी कार्यालय रानी विराटनगरले जेठ ३ उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

मुद्दाको वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरका सहायक जिल्ला न्यायाधिवक्ता पदमप्रसाद वस्ती र प्रतिवादीको तर्फबाट अधिवक्ता राजकुमार राउतले बहस गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes