सत्तापक्षले अपमान गरेको प्रतिपक्षीको गुनासो - Pahilo Online

सत्तापक्षले अपमान गरेको प्रतिपक्षीको गुनासो

प्रदेश सांसदमा रेडियो, एफएम र टेलिभिजन प्रसारण बिधेयक पेश

writer

विराटनगर । एक नम्बर प्रदेशका प्रतिपक्षी दलका सांसदहरुले सत्तापक्षका सांसदहरुले अपमानित गरेको आरोप लगाएका छन् । बिहीबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सत्ता पक्षका सांसदहरुले दुईतिहाइको दम्भ देखाएर अपमान गरेको गुनासो गरेका हुन् ।

शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रतापप्रकाश हाङ्गवाङले नेकपाका सांसदहरुले आफूहरुको अपमान गरेको आरोप लगाउनुभयो । प्रतिपक्षको भुमिका भनेकै सदनलाई खबरदारी गर्नु भएको बताउँदै उहाँले त्यसो गर्दा सत्ता पक्षले अपमान गरेको बताउनुभयो ।

नेपाली कांग्रेसकी सांसद विन्दीया कार्कीले आफूहरुलाई चित्तत नबुझेका कुरा सदनमा राख्ने अधिकार सबै सांसदहरुलाई भएको भन्दै नीति तथा कार्यक्रमका विषयमा प्रतिपक्षिले विमति राखेकै आधारमा सत्ता पक्षका सांसदहरुले सेवा सुविधा नलिनुस् भनेर अपमान गरेको बताउनुभयो । सत्तापक्षका सांसदहरुले सदनको मर्यादासमेत उल्लघंन गरेको उहाँको भनाइ थियो ।

रेडियो, एफएम र टेलिभिजन प्रसारण बिधेयक पेश
यसैबीच बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सदनमा पेस गर्नुभएको हो ।

बिधेयकउपर सैद्धान्ीिक छलफल गर्दै सांसदहरुले जथाभावी रुपमा खोलिएका युट्युब च्यानलहरुलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका थिए । सांसद रामबहादुर मगरले जथाभावी रुपमा खोलिएका युट्युब च्यानलहरुले धेरै मानिसको चरित्रहत्या गर्नेदेखि लिएर घरबार उजाड बनाएकोले त्यसमा नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो ।

सांसद नवोदिता चौधरीले विधेयकको दफा ११ मा उल्लेख गरिएको प्रसारण रोक लगाउन सकिने भन्ने वाक्यले प्रेसमाथि अंकुश लगाउन खाजेको भन्दै त्यसलाई हटाउन माग गर्नुभयो । उक्त दफामा उल्लेख गरिएको राष्ट्र र राष्ट्रिय हितलाई ध्यानमा राखेर प्रदेश सरकारले प्रशारणमा रोक लगाउन पाउने विषय अस्पष्ट भएको उहाँको भनाइ थियो ।

संविधानले केवलमार्फत चलेका टेलिभिजन र एक सयदेखि एक हजार वाटसम्मको क्षमताको एफएम प्रदेश सरकारलाई सञ्चालन गर्ने अधिकार दिएको छ । एक सय वाटसम्मका एफएमको अधिकार भने स्थानीय तहलाई छ ।

विधेयकको सैद्धान्तिक छलफलमा सांसद विमल कार्की, सरिता थापालगायतले भाग लिनुभएको थियो । विधेयकमा २३ वटा दफा रहेको छ । विधेयक उपर संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिइएको छ ।

मा प्रकाशित

1 thought on “सत्तापक्षले अपमान गरेको प्रतिपक्षीको गुनासो

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes