प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित - Pahilo Online

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

दिउँसै आँखा खुल्लै राख्दा देखेको सपना हो, पुरा गछौंः मुख्यमन्त्री राई

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश नं. १ को सरकारले प्रदेशप्रमुखमार्फत प्रदेशसभामा आइतबार पेश गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले प्रदेश सरकारको प्राथमिकता उल्लेखित नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममा विपक्षी दल नेपाली कांग्रेसले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै पास भएको हो । सरकारको नीति तथा कार्यक्रममा संघीय समाजवादी फोरम नेपालको तर्फबाट जयराम यादव र कांग्रेसका तर्फबाट संसदीय दलका सचेक केदार कार्कीले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

बुधबारको बैठकमा मुख्यमन्त्रीले संशोधन प्रस्तावमा उल्लेखित विषयलाई समेट्ने जवाफ दिएपछि फोरमका संसदीय दलका नेतासमेत रहेका यादवले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । कांग्रेसले भने आफ्नो प्रस्ताव फिर्ता लिन नमानेपछि सभामुख प्रदिपकुमार भण्डारीले निर्णयार्थ पेश गर्नुभएको थियो ।

पारित भएको नीति तथा कार्यक्रममा निरपेक्ष गरिबी हटाउने, गरिव पहिचान गरि परिचयपत्र वितरण गर्ने, सोही परिचयपत्रका आधारमा रोजगारीको अवसर गर्ने उल्लेख छ । यस्तै प्राविधिक तथा जीवनउपयोगी प्राविधिक शिक्षाको व्यवस्था गर्ने र कृषि क्षेत्रको विकासका लागि कृषिमा आधारित उद्योग स्थापनालाई प्राथमिकता दिइएको छ । यस्तै नीजि क्षेत्र, सहकारी र सरकारी तीनै क्षेत्रलाई एकीकृत ढंगले लगानी गन, प्रदेशमा आगामि १५ वर्षभित्रमा ४५ सय मेगावाट विद्युत् उत्पादन गर्ने उल्लेख छ ।

पर्यटनको विकासका लागि सरकारले केबलकार तथा जल यातायातलाई पनि प्राथमिकतामा राखेको छ । पर्यटन क्षेत्रको विकासका लागि विशेष क्षेत्रहरुको प्राथमिककीकरण गरेर विकास गरिने कार्यक्रममा उल्लेख छ । यस्तै पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने, आगामि सन् २०१९ लाई पर्यटन महोत्सव वर्ष र २०२० देखि २०२२ सम्मलाई पर्यटन वर्ष घोषणा गरिनेलगायतका कार्यक्रम उल्लेख गरिएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संसदले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनका लागि संवैधानिक अधिकार प्रयोग गरिने बताउनु भएको छ । संसदमा बोल्दै उहाँले सिंहदरबारका अधिकार गाउँमा आउन नदिन, प्रदेशमा आउन नदिने कुनैपनि चलखेल निस्तेज पारिने बताउनुभयो ।

मन्त्री राईले प्रदेश सरकारले १५ वर्षको गुरुयोजना निर्माण गरेर अघि बढ्न लागेको बताउँदै छिट्टै एक समिति निर्माण गरी ६ महिनाभित्र गुरुयोजना निर्माण गर्ने र सोही योजनाका आधारमा विकास निर्माणका काम गर्ने जानकारी दिनुभयो । प्रदेशको सुकुमबासी समस्या र अव्यवस्थित बसोबासको समस्या पनि ५ वर्षभित्रमा हल गर्ने उहाँले बताउनुभयो ।

प्रदेशको कृषि क्षेत्रबाट उत्पादित वस्तुको बजारका लागि बंगलादेशसँग पनि कुरा भइरहेको जानकारी दिँदै मुख्यमन्त्री राईले भारत र चीनका कारण पनि प्रदेशलाई बजारको कुनै समस्या नहुने बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदागत हिसावले विपक्षीले आलोचना नगरेको भन्दै मुख्यमन्त्री राईले विपक्षीले आफ्नो धर्म निभाएपनि घुमाउरो पारामा कार्यक्रमको समर्थन गरेको दाबी गर्नुभयो ।

प्रदेशसभा संसदमा सुझाव दिने सबै सांसदहरुलाई धन्यवाद दिँदै मुख्यमन्त्री राईले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेश समृद्ध बन्ने दाबी गर्नुभयो । विपक्षीले नीति र कार्यक्रमलाई सपनामा लेखेको कागजको पुलिन्दा भनेकोप्रति प्रतिवाद गर्ने मुख्यमन्त्री राई दिउँसै आँखा खोलेर देखेको सपना भएकोले यसलाई कार्यान्वयन गर्ने योजनासहित सरकार अगाडि बढेको जिकिर गर्नुभयो ।

मा प्रकाशित

4 thoughts on “प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

  1. हार्दिक बधाई ,कुकुर भुक्दै गर्छ हात्ती हिड्दै गर्छ

  2. शुक्रा किराँती भोज्पूर कोट दिप्सा says:

    सर्बाप्रथमता सबै भन्दा पहिले भुकम्पा पिडित,बाडी पिडित,र गरिबिहरुको निउनिकरन हुनुजरुरिछन! तेस्पछी प्रदेश न१ मा भष्टाचारी गुन्डा गर्दी दलाल बलात्कारी हरुलाइ with out गर्नु पर्छन, क्रमिक रूपमा बाटो घाटो, बिजुली गर्दै प्रदेश न१ लाई सम्मृद्रा प्रदेश भनेरा चिनाउने कोसिस गर्दै, सम्मृद्रा प्रटकिया छेय्त्रा बनाउनु पर्छन यस्ता भिजन धेरैछन मेरो भनाइ यिनै हुन सहयोगी भावाना हरु हर्पल हजुरको शाथी सपोर्ट्छन npl लि जन्ताको हजुरमाथी !!✊✊✊✊✋✋✋

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes