थाप्लोमा ऋण, दुवै मृगौला फेल - Pahilo Online

थाप्लोमा ऋण, दुवै मृगौला फेल

कानेपोखरी ५ मोरङका डम्बर ओझाको दुःखदायी कथा

writer

पहिलो अनलाइन

विराटनर । मोरङको कानेपोखरी ५ जहदाका डम्बर ओझाको दुःख कम छैन । उनको थाप्लोमा १० लाखभन्दा माथि ऋण छ । ऋण तिर्ने उनको इच्छा छ । तर, काम गर्न सक्दैनन् । उनको दुवै मृगौला फेल भएको छ । मृगौला प्रत्यारोपण गराउने क्षमता छैन डम्बर ओझासँग । १ छोरी र १ छोराको बुबा ओझा आफ्ना बालबालिकाको भविश्य बनाउन पनि सक्दैनन् । श्रीमतीको इच्छा पूरा गर्न पनि सक्दैनन् । ‘उपचार भए सबैको इच्छा पुरा गर्दिने थिएँ’, उनी भन्छन्, ‘दैवको खेल मान्नै पर्दोरहेछ ।’

उनले नियमित डायलसिस गर्न थालेको पनि १ वर्ष भइसक्यो । आइतबार मात्रै गरेको डाइलसिस ५६ औं पटक हो । नियमित डायलसिसको कारण उनका दुवै मृगौला फेल भएको डाक्टरले बताएका छन् । नोबेल अस्पतालमा नियमित स्वास्थ्य उपचार सेवा लइरहेका ओझालाई उनकी आमा धनमाया ओझाले किड्नी दिने भनेकी छिन् ।

‘ममिले किड्नी दिन्छु भन्नुभएको थियो, अहिले चाहीं मलाई कस्ले पाल्छ म किड्नी दिन्न भन्नुहुन्छ,’ ओझाले भने, ‘कसैले किड्नी दिएको खण्डमा ६ लाख रुपैया र दबाइ पानी गर्दा ३÷४ लाख थप खर्च हुने डाक्टरको भनाइ छ ।’

अरुको किड्नी किनेर प्रत्यारोपण गराउनका लागि अरुबाटै किन्नुपर्ने अवस्था आए १५ लाखभन्दा माथि खर्च लाग्छ, स्वदेशमा पाइँदैन किड्नी, विदेश जानु पर्छ । जग्गा बेचेर उपचार गराउँ भन्दा पनि धितो र ऋण छ । आफ्नो नाममा जग्गा छैन ।

ओझाका निरन्तर दुःखका दिन

०३५ सालमा जन्मिएका ओझाले १० कक्षासम्म अध्ययन गरे । २२ वर्षको उमेरमा उनी विदेश (साउदी) बसे । ८ वर्ष साउदीमा बसेका उनले झण्डै १० लाख कमाइ गरे । २÷४ कठ्ठा खेतीको जग्गा किने र घर बनाए ।

उनले कानेपोखरीमा साइकल दोकान खोले । तर, ०७२ साल जेठमा आफ्नै बुबाले घरमा आफैले आगो लगाएर आत्महत्या गरे । त्यसपछि उनको ओरालो गति सुरु भयो । घर बनाउनु प¥यो ।, जेठो छोरो घरको सबै व्यवहार धान्नुप¥यो । ऋण लगाएर मृत्युवरण गरेका बुबाको ऋण तिर्नुप¥यो ।

घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भयो । त्यसपछि उनले भएको साइकल दोकान बेचें । त्यसपछि उनले दूध किनबेचको व्यापार सुरु गरे । तर ५/६ महिनामै उनलाई दूधको व्यापारले डुबायो ।

त्यसपछि फेरि विदेश जान खोजें विदेश जान पनि सकेनन् । अहिले १० लाखभन्दा बढी ऋणमा छन् उनी । गत वैशाखदेखि किड्नीमा समस्या देखियो । त्यसपछि उनको लगातार खर्च लागिरहेको छ । केही मानिसहरुले सहयोग गरेका पनि छन् । तर उनलाई पर्याप्त छैन । एक पटक डायलसिस गर्दा ३ हजारसम्म खर्च लाग्छ ।

१ वर्षको बीचमा उनले ५ लाखजति खर्च गरिसके । अन्तिममा मृगौला नै प्रत्यारोपण गर्नुपर्ने डाक्टरको भनाइले उनी विक्षिप्त बनेका छन् । उनलाई सहयोग गर्न चाहनेले मोवाइल नम्बर ९८४२१७६४७१ मा सम्पर्क गरी थप कुरा बुझ्न र बैंक खाता ००८०५०२०२५१९९० नेपाल इन्भेष्टमेन्ट बैकमा सहयोग गर्न सकिनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes