साथीको विश्वास गर्दा लुटिइन् पूजा - Pahilo Online

साथीको विश्वास गर्दा लुटिइन् पूजा

पुजाको चेकबाट नक्कली हस्ताक्षरमा रकम निकाल्ने बिनय पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । अर्काको नाममा रहेको चेक अनधिकृत रुपमा प्रयोग गरी लाखौ रुपैयाँ झिक्ने एक युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका १ बस्ने २४ वर्षिय बिनय धिमाललाई इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो ।

विराटनगरकी पूजा विश्वकर्माले एक वर्ष दुबईमा बसेर कमाएको ४ लाख १५ हजार रुपैयाँ पुजाको चेकमा नक्कली हस्ताक्षर गरी उनकै मिल्ने साथी बिनयले विभिन्न मितिमा झिकेका थिए । पुजाको नाममा रहेको बैंक खाताबाट लाखौं रुपैयाँ विराटनगरमा शाखा कार्यालय रहेको हिमालयन बैंक लिमिटेडबाट झिक्ने धिमाललाई विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

‘प्रारम्भिक चरणको बयानमा निजले लाखौं रुपैयाँ फरक–फरक मितिमा झकेको देखिन्छ,’ रानीका प्रहरी प्रमुख निरौलाले भन्नुभयो,’ रकम झिकेको बयानको क्रममा प्रतिवादीले स्वीकार गरेका छन् ।’ प्रहरीले उनलाई बैंकिङ कसुर अपराध मुद्दामा उच्च अदालत विराटनगरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । बैंकिङ कुसर मुद्दा जिल्ला अदालतले नहेर्ने भएकोले उच्च अदालतमा म्याद थप गरिएको हो ।

यसरी निकालियो रकम
पूजा र बिनय मिल्ने साथी हुन् । विवाहित बिनय विराटनगरमा सिटी रिक्सा चलाउने काम गर्थे । सारोगाह्रो गर्दा पूजाले बिनयलाई सहयोग पनि गर्दै आएकी थिइन् । वैदेशिक रोजगारको लागि दुबई जाने तयारीमा रहेकी थिइन्, पूजा । भिषा आएपछि २०७४ असार ७ गते विदेश गइन् । घरबाट विदेश जान आफूलाई चाहिने आवश्यक सामाग्री लिएर घरबाट बिनयको सिटी सफारीमा विराटनगर एयपोर्टसम्म गइन् ।

एयरपोर्टमा ब्याग खोलेर हेर्दा हिमालय बैंकको चेकबुक भेटेपछि पूजाले चेक घरमा लगेर छाडिदिन बिनयकोे हातमा चेकबुक थमाइदिइन् । राम्रोसँग चिनजान भएकोले बिनयको विश्वास गरेर चेकबुक दिएकी थिइन् । तर, बिनयले पूजाको ममिलाई चेक नदिई आफनै साथमा राखे ।

चेकबुकमा सबै चेकहरु सकिएको थियो । एउटा चेक रिक्योर्स अर्डर अर्थात चेकबुक सकिएपछि अर्को चेकबुक निकाल्ने स्लिप लिएर पुजाको नक्कली हस्ताक्षर गरी बिनय बैंकमा गए । अरुबेला पनि पूजासँगै पैसा निकाल्न बैंक जाने गरेका उनले पुजाको हस्ताक्षर याद गरेका थिए । पूजाले आफ्नो नाम लेखेर हस्ताक्षर गर्ने गरेको देखेको उनले दुरुस्त हस्ताक्षर गरेर बैंकबाट चेकबुक निकाले ।

लामो समय विदेश बस्दा पूजाले राम्रो पैसाँ कमाएकी थिइन् । कमाएको पैसा सबै उनले आफ्नो नाममा रहेको बैंकखातामा पठाइन् । २०७५ जेठ ४ गते विदेशबाट घर आएकी उनले बैंकमा पैसा निकाल्न जाँदा खातामा रकम नभएको जानकारी पाएपछि चकित भएकी थिइन् । दुःख गरेर कमाएको पैसाँ बैंकबाट हराएपछि उनको निदहराम नै भयो ।

आफूले बैंकमा रकम विदेशबाट बारम्बार पठाएको र खातामा रहक हुनुपर्ने भन्दै पुजाले बैंकको स्टेटमेन्ट निकालिन छन् । बैंक स्टेटमेन्ट हरेपछि आफूले विश्वास गरेको बिनयले नै रकम निकालेको पुष्टि भयो । त्यसपछि उनी कानुनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा पुगेकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes