कोशीको बाढीले जलयात्रा अनियमित - Pahilo Online

कोशीको बाढीले जलयात्रा अनियमित

writer

पहिलो अनलाइन

धरान । कोशीमा पानीको बहाव बढेसँगै जेटबोट सञ्चालन अनियमित बनेको छ । नदीमा पानीको बहाव बढेपनि जलयात्रा सेवा पूर्णरुपमा बन्द भने गरिएको छैन ।

कोशीले रुख बगाएर ल्याउन थालेपछि वर्षायाममा तीन महिनका लागि जलयात्रा स्थगित गर्न लागेको सञ्चालकले जनाएका छन् । अहिले भने नदीमा पानीको सतह घटेको र केही सङ्लिएको संकेत पाउने बित्तिकै जेटबोट सञ्चालन गर्ने गरिएको छ ।

अनियमित रुपमा जेटबोट चल्ने गरेकाले यात्रुहरु भने मारमा परेका छन् । २५ देखि ३५ जना यात्रु बोकेर शनिबार ८ ‘ट्रिप’ र अन्य दिन ५ ‘ट्रिप’ सञ्चालन हुने जेटबोट मंगलबार एक ट्रिप मात्र चलेको थियो ।

गत चैत १९ गतेदेखि कोशी नदिमा व्यवसायिक रुपमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले जेटबोट सञ्चालन गरेको हो । बर्षायाम सुरु भएयता कोशीले ठूला रुख बगाएर ल्याउन थालेकाले यात्रुको सुरक्षाका कारण जेटबोट सञ्चालन अनियमित बनेको हो ।

अहिले दुधकोशीतर्फ भोजपुरको हतुवागडी, चुहार, आमचोकसम्म र अरुण नदीतर्फ धनकुटाको सहिदभूमि गाउँपालिकाको सिम्लेसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालनले भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोडेको छ ।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सदस्य अमित भगतले धेरै वर्षा भएमा तीन महिनाका लागि जेटबोट सञ्चालन स्थगित गर्ने बताउनुभयो । असोजदेखि थप अर्को जेटबोट पनि सञ्चालन गर्ने तयारी कम्पनीको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes