कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा हैनः प्रचण्ड - Pahilo Online

कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा हैनः प्रचण्ड

जारी भएको बजेट पहिलो गियर हो पाँच वर्षसम्ममा गियर बढाउँदै उडान भरिन्छ ।

writer

पहिलो अनलाइन

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानो संरचनामा रमाएको व्युरोक्रेसीको नेतृत्वको कारण संघीयता कार्यान्वयनमा केही जटिलता भएपनि संघीय संरचना संस्थागत हुने बताउनुभएको छ ।

आइतबार विराटनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माथिल्लो तहका केहि केर्मचारीलाई सिंहदरबारको अधिकार तल लैजान र सिंहदरबार छाडेर तल जान मन नपरेकोले अनुभूति भएको बताउनुभयो ।

प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रदेश सरकारलाई प्रहरी र प्रमुख जिल्ला अधिकारी परिचालनको जिम्मेवारी दिने तयारी भइरहेको जानकारी दिनुभयो । प्राकृतिक श्रोत साधन, कर संकलन र परिचालन, सुरक्षा संयन्त्र परिचानको अधिकार नभए प्रदेश सरकार सरकार जस्तो नहुने आपूmले बुझेको बताउँदै उहाँले त्यसबारे संघीय सरकारले छिट्टै आवश्यक काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विगतमा जस्तो ९÷९ महिनामा सरकार परिवर्तन हुने अवस्था नरहेकाले यसपटकको बजेटमा लोकप्रिय कार्यक्रम नआएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले अर्थतन्त्रलाई बलियो बनाउनेगरी विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने उद्देश्यले बजेट निर्माण गर्दा जनताका आकांक्षा सम्बोधन हुन नसकेको उल्लेख गर्नुभयो । दुईतिहाइको सरकारले अझै ५ वर्ष देश चलाउने भएकोले अहिले जारी भएको बजेट पहिलो गियर भएको र पाँच वर्षसम्ममा गियर बढाउँदै उडान भरिने भएकाले चिन्ता नलिन आग्रह गर्नुभयो ।

अघिल्लो सरकारले तोकेको प्रदेशका सांसद र प्रदेश सरकारको मर्यादा क्रम गलत भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यो मर्यादाक्रम केही दिनभित्रै परिमार्जन हुने जानकारी दिनुभयो । प्रदेश सरकार र सांसदहरुको सम्मानलाई कमजोर नपार्नेगरी मर्यादाक्रम निर्धारण गरिने जानकारी उहाँले दिनुभयो ।

त्यसअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको बहसको विषय नभएको स्पष्ट पार्नुभएको छ । अहिले स्थिर सरकार र विकास तथा समृद्धिको एजेण्डामै आपूmहरु केन्द्रित भएको बताउँदै उहाँले आउँदो निर्वाचन अगाडिसम्म अहिलेकै प्रणाली अभ्यास गरेपछि त्यसबारेमा बहस हुनसक्ने स्पष्ट पार्नुभयो ।

‘अहिलेको एजेण्डा कार्यकारी राष्ट्रपतिको होइन, सुशासन, विकास र समृद्धिको एजेण्डा नै अहिलेको एजेण्डा हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘दलहरुबीचको सहमतिमा अहिले लागू भएको शासकीय संरचना लागु गर्दैजाँदा त्यसको प्रयोगको नतिजा हेरेर यो विषयमा छलफल हुनसक्छ ।’

अध्यक्ष प्रचण्डले तत्काल संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने सम्भावना नरहेको पनि बताउनुभएको छ । पार्टी एकताको विषयमा छलफल भइरहेको भएपनि तत्काल त्यो संभव नरहेको उहाँको भनाइ थियो । उहाँले राजपालाई पनि सरकारमा ल्याउने विषयमा कुरा भइरहेको जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes