सांसद अधिकारीको आचरण छानविन हुने - Pahilo Online

सांसद अधिकारीको आचरण छानविन हुने

संसदीय दलपछि प्रदेशसभाकै छानविनमा अधिकारी

writer

पहिलो अनलाइन

विराटनगर । सांसदहरुले अचरण विपरितको क्रियाकलाप सुरु गरेपछि १ नं. प्रदेशसभाले सांसदको आचरण अनुगमन समिति निर्माण गरेको छ ।

प्रदेशसभाको प्रदेशसभा संचालन नियमावलीको नियम १८० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय समिति निर्माण भएको हो ।

समितिले सांसदको आचरण अनुगमन गर्दै उनीहरुसँग स्पष्टिकरण सोध्ने, त्यसबारे प्रश्न उठाउनेसँग जानकारी माग्ने र त्यसको प्रतिवेदन प्रदेशसभामा पेश गर्नेसम्मको अधिकार पाएको छ । समितिले पेश गरेको प्रतिवेदन प्रदेशसभाको अभिलेखमा सुरक्षित रहनेछ ।

कुनैपनि सांसदको आचरणको बारेमा कुनैपनि व्यक्ति, संस्था वा सञ्चार माध्यमले प्रश्न उठाएमा पनि समितिले त्यसलाई छानविन गर्ने अधिकार नियमावलीले दिएको छ । यसैगरी संसदको आचरण बारेमा समिति आफैंले पनि छानविन गर्नसक्ने व्यवस्था रहेको प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले जानकारी दिनुभयो । समितिले आचरणबारे प्रश्न उठ्ने सांसद र प्रश्न उठाउनेसँग जानकारी मागेर थप अध्ययन गरी सभामा प्रतिवेदन पेश गर्ने अधिकार नियमावलीले दिएको उहाँको भनाइ छ ।

प्रदेशसभा सञ्चालन निमामावली अनुसार आचरण अनुगमन समितिले आफ्नो कार्यबिधि आफै बनाएर लागू गर्ने उल्लेख छ । जसअनुसार आचरणको अनुगमन र अनुसन्धान बारे थप प्रक्रिया समितिले आफै अगाडि बढाउनसक्ने देखिएको छ । प्रदेशसभा नियमावली २०७४ को नियम १७८ को ‘ख’मा सांसदहरुले ‘समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरणअनुकूलको व्यवहार सदैव गर्ने’ उल्लेख छ । सोही नियमावलीको नियम १८० मा आचरण अनुगमन समिति गठन गर्ने व्यवस्था छ ।

नियमावली अनुसार प्रदेशसभाका सभामुख प्रमुख, उपसभामुख उपप्रमुख, अन्य सांसदहरु ५ जना र प्रदेशसभा सचिवालयका सचिव सदस्य सचिव रहनेगरी अनुगमन समिति निर्माण गरिएको हो । समितिका सदस्यहरुमा इन्द्रमणी पराजुली, तुलसीप्रसाद न्यौपाने, नारायणबहादुर मगर, शेखरचन्द्र थापा र राधा थापा तथा सदस्य सचिबमा प्रदेशसभाका सचिव केदारप्रसाद पनेरु रहेका छन् ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकले समिति निर्माण सम्बन्धि सभामुखले राखेको प्रस्ताव सर्वसम्मतीले पारित गरेको थियो । यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसद लिलाबल्लभ अधिकारीले प्रदेशसभा नियमावली विपरित सुन तस्करको पक्षमा अदालतमा बहस गरेको विषय विवादित बनेको थियो । अधिकारीले पदीय मर्यादा र आचरण विपरित काम गरेको भन्दै नेकपा प्रदेश संसदीय दलले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।

अधिकारको आचरणको बारेमा प्रश्न उठेपछि प्रदेशसभालाई आचरण अनुगमन समिति बनाउन दबाब परेको थियो । संसद बैठकमा सांसदहरुले अधिकारीको बारेमा प्रश्न उठाउँदै आएका थिए ।

अब आचरण अनुगमन समिति बनिसकेकोले सांसद अधिकारीमाथि समितिले छानविन गर्ने भएको छ । अधिकारीको आचरणको बारेमा मिडियामा प्रश्न उठेको र संसदमा पनि सो विषयले प्रवेश पाएकोले उनको आचरणको बारेमा अब समितिले छानविन गर्ने समितिमा रहेका एक सांसदले जानकारी दिए ।

आफूले व्यवसायीक धर्म अनुसार अभियुक्तको पक्षमा बहस गरेको र आपूmले बहस गरेको व्यक्ति निर्दोश रहेको दावी गर्दै आएका सांसद अधिकारी पार्टीको स्पष्टिकरण र आचरण समितिको छानविन सुरु भएपछि थप संकटमा परेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes