देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री - Pahilo Online

देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री

बिपक्षी दललाई पनि सरकारमा ल्याउन सकिने जिकिर

writer

पहिलो अनलाइन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको कारण अहिलेको सरकारले बजेटमार्फत चाहेजति कार्यक्रम ल्याउन नसकेको दावी गर्नुभएको छ ।

विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कारण देशको अर्थतन्त्र घुँडा टेकेको अवस्थामा रहेकोले जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको जिकिर गर्नुभयो ।

प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्न विराटनगर आउनुभएका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले जथाभावी बिनायोजना र कार्यक्रमका आधारमा बजेट विनियोजन गरेर अर्थतन्त्रलाई धराशायी बनाएको आरोप लगाउनुभयो । अघिल्लो सरकारको कारण करिब साढे ७ अर्ब दायित्व थपिएको जानकारी दिँदै उहाँले त्यही भएर जनताको अपेक्षा अनुसार बजेट ल्याउन नसकेको स्पष्टिकरण दिनुभएको हो ।

‘साढे ७ अर्ब अघिल्लो सरकारले मनपरी बाँडेको अबस्था छ, यो राजश्वको ठूलो प्रतिशत हामीले दायित्व लिनु पर्ने छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिले अर्थतन्त्रको हिसावले घुँडा टेकेको छ, त्यसलाई ट्रयाकमा ल्याउनु छ।’ अघिल्लो सरकारको मनपरी निर्णयको कारण अहिले सामाजिक सुरक्षाको पक्षलाई धेरै बढाउन सक्ने अबस्था नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

चुनाबमा गरेको प्रतिबद्धता लागू गर्न आफूहरु गम्भीर रहेको बताउँदै प्रधानमन्त्री ओलीले भताभुंग पारिएका अर्थतन्त्रका क्षेत्रलाई ठीक ट्रयाकमा ल्याउन सरकार लागिपरेको बताउनुभयो । कांग्रेसले एकलौटी ढंगले सरकारले पेलेर जान खोजेको भनेर सार्वजनिक गरेको अभिव्यक्तिप्रति इंगित गर्दै उहाँले आफूहरु सहमतिमै देश बनाउने योजनामा रहेको बताउनुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रदेशको संरचना नयाँ भएको कारण सबै पक्षबाट उपर्युक्त ढंगले काम गर्न केही समय लाग्ने बताउनुभयो । प्रदेशलाई संरचना हस्तान्तरण र कर्मचारीको विषयमा प्रदेश सरकारका मन्त्री तथा मुख्यमन्त्रीहरुले कुरा उठाइरहेकोबारेमा उहाँले विस्तारै सबैकुरा व्यवस्थित हुने दावी गर्नुभयो ।

बहुमत भएपनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनुपर्ने औचित्यको बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बिपक्षी दललाई पनि सरकारमा ल्याउन सकिने बताउनुभयो । सहमतिको आधारमा देश बनाउने काममा लागेकोले विपक्षीहरु आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes