प्रवेशमा अबरोध गरेपछि पत्रकारको धर्ना - Pahilo Online

प्रवेशमा अबरोध गरेपछि पत्रकारको धर्ना

writer

पहिलो अनलाइन

विराटनगर । प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा पत्रकाहरुलाई सहज प्रवेश नदिएको भन्दै मोरङका पत्रकारहरुले विरोध जनाएका छन् ।

प्रदेश नं. १ प्रदेशसभाको शनिबारको बैठकमा प्रधानमन्त्री केपी ओली सम्बोधन गर्न आउने भएपछि सभाहलमा स्थान अभाव भएको भन्दै प्रदेश सभा सचिवालयले मुल गेटमै पत्रकारहरुलाई रोकेको थियो ।

प्रदेशसभामा नियमित रुपमा एक दर्जन बढी पत्रकारहरुले रिपोर्टिङ गर्दै आएकोमा पत्रकारहरुका लागि छुट्याइएको सिटमा अन्य अतिथिलाई राख्नुपर्ने भन्दै प्रदेशसभा सचिवालयले रोक लगाएको थियो । प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद बैठकको रिपोेर्टिङमा रोक लगाएको विरोधमा पत्रकारहरुले केहिबेर सभाहलको मुल गेटमा धर्नासमेत दिएका थिए ।

पत्रकारहरुको सामूहिक विरोधपछि प्रदेशसभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले माफी माग्दै पत्रकारहरुलाई प्रवेश गराएपछि समस्या समाधान भएको थियो । जिल्ला विकास समितिको हलमा संचालन भइरहेको प्रदेशसभा साँघुरो भएका कारण महत्वपूर्ण बैठकहरुमा अतिथिहरुलाई राख्न समस्या हुने गरेको छ ।

सभाहलमा १ सय ४० वटा सिट रहेकोमा ९२ वटा सिटमा सांसदहरु बस्छन् । बाँकी सिटमा २० वटा सिट पत्रकारहरुका छुट्याइएको छ । प्रदेशसभा सञ्चालन भएको ४ महिना पुरा भएपनि पत्रकारहरुका लागि स्थायी पासको व्यवस्था सचिवालयले नगर्दा समस्या हुने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes