ठगी गर्ने विरुद्ध उजुरीकर्ताको लाम - Pahilo Online

ठगी गर्ने विरुद्ध उजुरीकर्ताको लाम

writer

पहिलो अनलाइन

विराटनगर । बचतकर्ताको लाखौ रुपैयाँ लिएर फरार भएका प्राइम सहकारी बचत तथा ऋण सहकारी लि.का सञ्चालक इन्द्रलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेसँगै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिनेको लर्को लागेको छ ।

विराटनगरमा सञ्चालनमा रहेको सहकारीका सञ्चालक श्रेष्ठलाई प्रहरीले केही दिन अगाडि विराटनगरबाट पक्राउ गरेको हो । फरार रहेका श्रेष्ठ पक्राउ परेसँगै मोरङ प्रहरी कार्यालयमा पीडित भएका बचतकर्ताहरुले दैनिकजसो जाहेरी दिन आउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निशान्त थापाले जानकारी दिनुभयो ।

बिहीबासम्म ६४ जना पीडितहरुले सहकारीबाट ठगिएको जाहेरी मोरङ प्रहरीमा दर्ता गराएका छन् । ६४ जनाको मात्र ६४ लाख रुपैयाँभन्दा बढी रकम सहकारीले संकलन गरेको पाइएको छ । ‘बिहीबारसम्म ६४ जनाको जाहेरी आएको छ,’ डिएसपी थापाले भन्नुभयो, ‘अझै आउन सक्छन् । यो सहकारीले अझै धेरै जनाको रकम लिएको हुनपर्दछ ।’

विराटनगरलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको प्राइम सहकारीका सञ्चालक बचतकर्ताको लाखौ रुपैयाँ लिएर फारर भएपछि लामो समयदेखि सहकारी बन्द भएको थियो । पीडितहरुले आफूले जम्मा गरेको रकम पाउनुपर्ने र ठगी गर्ने सञ्चालकहरुलाई कारबाही हुनुपर्ने माग गर्दै दिएको जाहेरीको आधारमा सञ्चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीमा ७ जना सञ्चालक रहेको बताइएको छ । अन्य सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले सहकारीका सञ्चालक श्रेष्ठलाई ठगी मुद्दामा ७ दिनको म्याद थप गरेको छ । पक्राउ परेका सञ्चालक श्रेष्ठ विरामी परेकोले विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes