गाउँ पुगेका ढुंगेललाई सम्मान - Pahilo Online

गाउँ पुगेका ढुंगेललाई सम्मान

writer

पहिलो अनलाइन

ओखलढुंगा । सशस्त्र द्वन्द्वको क्रममा भएको घटनामा जेल सजाय भोगेर निस्किएका ओखलढुंगाका पूर्वसांसद बालकृष्ण ढुंगेललाई गृह जिल्लाका गाउँ–गाउँमा स्थानीयले सम्मान गरेका छन् ।

द्वन्द्वकालको मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवसमा जेठ १५ गते छुटेका ढुंगेललाई स्थानीयले विभिन्न गाउँमा सम्मान गरिरहेका छन् ।

ढुंगेल ओखलढुंगा आइपुग्दा वामपन्थी युवा मञ्चले सदरमुकाम ओखलढुंगामा औपचारिक कार्यक्रम गरेर बिहीबार सम्मन गरेको हो । उनलाई मानेभञ्ज्यांगको केतुके, सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगा सदरमुकाम र मोलुङ गाउँपालिकाको रामपुरमा सम्मान गरिएको छ । सम्मान कार्यक्रममा ओखलढुंगा आएका ढुंगेलले आपूmलाई झुटा मुद्दामा फसाइएको भन्दै गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो ।

पूर्वसांसद ढुंगेलले आफू ओखलढुंगेली जनताको छोरा भएकाले जनतासँग भेटघाट गर्न जिल्ला आएको बताउनुभयो । अस्पतालमा उपचार गराइरहेका ढुंगेलको द्वन्द्वकालमा पक्राउ परेर प्रहरी हिरासतमा रहँदा यातनाका कारण दुवै मृगौलाले काम नगर्ने भएपछि नियमित उपचार भइहरकेो छ ।

ढुंगेलमाथि ०५५ सालमा ओखलढुंगाको पोकलीकै उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालत ओखलढुंगाले कैद सजाय तोकेको थियो । तत्कालीन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि ०६४ सालको संविधानसभाको निर्वाचनमा ओखलढुंगाबाट भारी मतसहित निर्वाचित भएका थिए ।

सांसद हुँदा जिल्लाको विकासमा गरेको योगदानकै कारण ओखलढुंगामा ढुंगेललाई विकासप्रेमी नेताको छवि बनाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes