पत्रकार महासंघ प्रदेश समितिलाई जग्गा प्राप्त - Pahilo Online

पत्रकार महासंघ प्रदेश समितिलाई जग्गा प्राप्त

भवन बनाउन जग्गा उपलब्ध गराउने विराटनगर महानगरको निर्णय

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिकाले नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएको छ ।
महानगरपालिकाको बुधबार बसेको बोर्ड बैठकले महासंघलाई प्रदेश भवन निर्माण गर्न जग्गा दिने निर्णय गरेको हो ।

भवन निर्माणको लागि विराटनगर– ५ चाँदनीचोक छेउमा १ कठ्ठा जमिन उपलब्ध गराउने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । यसअघि महासंघले भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन महानगरलाई आग्रह गरेको थियो ।

महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले महासंघले कार्यालय निर्माण गर्न अब कार्ययोजना बनाइने जानकारी दिनुभयो । महासंघले भवन निर्माणको लागि आगामी बजेटमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरिसकेको छ ।

यसअघि पत्रकार महासंघ प्रदेश समितिको पदस्थापन कार्यक्रममा महानगरपालिकाका प्रमुख पराजुलीले महासंघको प्रदेश समितिलाई भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुसार महानगरले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

सोही कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले महासंघको भवन निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । मुख्यमन्त्रीको घोषणा अनुसार आगामी बजेटमा सो विषय समेटिने अपेक्षा महासंघले गरेको महासंघका महासचिब विवेक गौतमले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes