प्रदेश संसदमा प्रतिपक्षी दलको रोष्ट्रम घेराउ - Pahilo Online

प्रदेश संसदमा प्रतिपक्षी दलको रोष्ट्रम घेराउ

सिजन गुरुङको रिहाई माग्दै अबरोध

writer

पहिलो अनलाइन

विराटनगर । मुलुक संघीयतामा गएपछि अभ्यास सुरु भएको प्रदेश संसदको कार्वाही १ नम्बर प्रदेशमा आइतबार पहिलो पटक विपक्षी दलको विरोधको कारण अबरुद्ध भएको छ ।

संसदको पहिलो अधिवेशनमा कुनैपनि विषयमा असहमतिसमेत दर्ज नगरेको विपक्षी दल नेपाली काँग्रेसले आइतबार भने गुण्डा नाइकेको रुपमा चिनिएका सुनसरीका सिजन गुरुङलाई रिहाई गर्न माग गर्दै सदन अबरुद्ध गरेको हो ।

स्थानीय व्यक्तिको जग्गा हडपेको, सार्वजनिक स्थलमा कुटपिटमा उत्रिएको र धाकधम्की दिएको आरोपमा पक्राउ परेका नेपाल तरुण दल सुनसरीका सभापतिसमेत रहेका गुरुङको रिहाईको माग गर्दै काँग्रेसले संसद अबरुद्ध पारेको हो । सभामुख प्रदिपकुमार भण्डारी बैठक कक्षमा पुग्नसाथ काँग्रेसका सांसदहरु प्रदेश सभामा रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

सभामुख भण्डारीले उनीहरुलाई पटक–आफ्नो आसनमा बस्न आग्रह गर्नुभएको थियो । तर, उनीहरुले मौन रुपमा रोष्ट्रम घेराउ गरेपछि उहाँले काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीलाई बोल्न समय दिनुभएको थियो । कार्कीले गुरुङलाई बिनाकारण राजनीतिक आस्थाको आधारमा थुनामा राखेको भन्दै उनी रिहा नभएसम्म र प्रदेश सरकारले यसबारे जवाफ नदिएसम्म संसद चल्न नदिने बताउनुभयो ।
कार्कीले बोलेपछि सभामुखले सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दा उनीहरु रोष्ट्रम अगाडि उभिइरहेपछि १० मिनेटको लागि संसद स्थगित गर्नुभएको थियो । काँग्रेस सांसदहरुले गुरुङको पक्राउको सम्बन्धमा प्रदेश सरकारको धारणा नआएसम्म संसद सल्न नदिने चेतावनी दिएपनि १० मिनेटपछि सहमतिमै संसद सुचारु भएको थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री विराटनगर बाहिर भएको कारण सोमबार बस्ने बैठकमा जवाफ दिने सहमति भएपछि बैठक सुचारु भएको हो । आइतबारको बैठकमा पनि सांसदहरूले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता र प्रमुख नीति सहितको पूर्व बजेट सम्बन्धमा छलफल गरेका छन् । छलफलमा बोल्दै सांसदहरु नारायणबहादुर मगर, सीता थेबे, कुलप्रसाद साम्बा, एशोदा अधिकारी, कुशुम श्रेष्ठलगायतले आउने बजेटको प्राथमिकताका विषयमा बोलेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes