एसएसपी खत्री पुर्पक्षको लागि जेल चलान - Pahilo Online

एसएसपी खत्री पुर्पक्षको लागि जेल चलान

writer

पहिलो अनलाइन

विराटनगर । ३८ क्वीण्टल सुन तस्करी काण्डका प्रमुख अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सुन तस्करी काण्डमा उर्लाबारीका सनम शाक्यको हत्या भएपछि गृह मन्त्रालयले गठन गरेको छानविन समितिले बोलाउँदा फरार भएका एसएसपी खत्रीले बिहीवार विहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।

अदालतमा खत्रीको बयानपछि थुनछेक बहस भएको थियो । विहान १० बजे अदालतमा हाजिर भएका खत्रीको ३ बजेसम्म बयान लिइएको थियो । उनले १२ पेजको बयान दिएको जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो ।

खत्रीलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिएको अदालतका निमित्त श्रेष्तेदार गौतमले जानकारी दिनुभयो ।

मुद्दामा बादी नेपाल सरकारको पक्षबाट मुख्य न्यायधिवक्ता पुन्यप्रसाद पाठक र खत्रीको तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरेका थिए । थुनछेक बहसपछि अदालतका ६ नम्बर इजलासका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले एसएसपी खत्रीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

खत्री २२ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको दुबईबाट आएको ३४ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । प्रहरी बर्दीमै रहेका बेला पक्राउ परेका एसएसपी खत्री त्यतिबेला जिल्ला अदालत काठमाडौंमा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन र त्यसअघि भएका सुन तस्करीमा खत्रीको संलग्नता देखिएको भन्दै गृह मन्त्रालयका सह–सचिव नेतृत्वको छानविन सपितिले जनाएको छ । सो सुन तस्करी काण्डका नाइके मानिएका उर्लाबारीका चुडामणी उप्रेती गोरेले पनि तस्करीको सञ्जालबारे खत्री जानकार रहेको र उनको सहयोगमा ५ सय केजी सुन तस्करी गरेको बयान अदालतमा दिएका थिए ।

सुन तस्करीमा सनमको हत्या भएपछि बयानको लागि बेलाउँदा आफू कार्यरत प्रहरी प्रधान कार्यालयबाट १० दिनको विदा स्वीकृत गराएर भारत गएका खत्री बिहीवार काठमाडौं हुँदै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए । खत्रीले बयानमा सुन नै बरामद नभएको अवस्थामा कसैलाई तस्कर भन्न नमिल्ने जिकिर गरेका छन् । उनले त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा तत्कालीन प्रहरी नायव महानिरीक्षक ९डिआईजी० गोविन्द निरौलाको संलग्नता रहेको पनि बयानमा उल्लेख गरेका छन् ।

सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ९गोरे० र तत्कालीन डिआईजी निरौलाबीच विशेष सम्बन्ध भएका कारण आफूले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करी रोक्न नसकेको खत्रीको जिकिर छ । उनले तस्करीको विषयमा अधिकांश विषयमा मौनता साँधेको बताइएको छ ।

सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त बनाइएका गोरेले भने तस्करीमा आपूmभन्दा पनि एसएसपी खत्रीलाई थेरै तथ्य जानकारी रहेको बयान अदालतमा दिएका थिए । उनले खत्री पक्राउ परेपछि तस्करीको सबै सञ्जाल खुल्ने बयानमा उल्लेख गरेका थिए ।

विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा खत्रीले ५० हजार रुपैयाँ लिने गरेको गोरेको बयान छ । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो । गोरेका अनुसार विमानस्थलबाट खत्रीले करिब ५ सय केजी सुन पास गराएको र त्यसवापत २ करोड रुपैयाँ लिएका थिए ।

फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेकोमा भरियालाई खत्रीको योजनामा प्रहरीले पास उपलब्ध गराउने विनाचेकजाँच उनकै कार्यकक्षमा सुन पुगेर त्यहाँबाट बाहिरिने गरेको थियो । खत्रीकोमा छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे ।

अदालतको आदेशपछि खत्रीले आफूलाई झुम्का कारागार लैजान माग गरेका थिए । यसअघि सुनकाण्डमा पक्राउ परेर पुर्पक्षको लागि कारागार चलान भएका २९ अभियुक्तमध्ये गोरे बाहेक सबै २८ जनालाई झुम्का कारागारमा राखिएको छ । अदालतले भने मोरङ कारागारमा ठाउँ नभएको खण्डमा मात्रै उनलाई पठाउने जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes