नेकपाको नेता राई र उपनेता आङ्बोहाङ - Pahilo Online

नेकपाको नेता राई र उपनेता आङ्बोहाङ

प्रदेशसभा संसदीय दलको बैठकमा सरकार र मन्त्रीको आलोचना

writer

पहिलो अनलाइन

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि १ नं. प्रदेश संसदीय दलको पहिलो बैठक बिहीबार बस्यो ।

तत्कालिन नेकपा एमाले संसदीय दलका नेता रहनुभएका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले राईलाई दलको नेता र टंक आङ्बुहाङलाई दलको उपनेता चयन गरेको छ ।

उपनेता चयन गरिएका आङ्बोहाङ तत्कालिन नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता थिए । दलको प्रमुख सचेतक र सचेतकको निर्णय भने अर्को बैठकबाट लिइने भएको छ । बैठकले दलको प्रदेशसभामा दल एकीकरणको कानुनी प्रक्रियालाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।

संसदीय दलको बैठकमा सांसदहरुले प्रदेश सरकार र मन्त्रीहरुको कामप्रति खरो टिप्पणी गरेका थिए । उनीहरुले मन्त्रीहरु प्रचारमुखी भएको र योजनाबद्ध काममा भन्दा उद्घाटनमा अल्मलिएको भन्दै यसले प्रदेश सरकारलाई असफल बनाउने खतरा बढेको बताए । मन्त्रीहरुको योग्यतामाथि प्रश्न गर्दै उनीहरुले काम गर्न नसक्नेलाई फिर्ता बोलाउनुपर्ने मागसमेत गरेका थिए ।

सांसदहरुले संघीयतालाई स्थापित गर्नेगरी बजेट संघीय सरकारले ल्याउन नसकेको भन्दै प्रदेश सरकारले आवश्यक पहल गर्न नसकेको गुनासो गरे । प्रदेशका बजेट कम आएकोले जनताको अपेक्षा अनुसार काम हुन नसक्ने उनीहरुको गुनासो थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes