सांसद अधिकारीसँग नेकपाले स्पष्टिकरण लिने - Pahilo Online

सांसद अधिकारीसँग नेकपाले स्पष्टिकरण लिने

अभियुक्तको पक्षमा सांसदको बहस

writer

पहिलो अनलाइन

विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्पष्टिकरण सोध्ने भएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई गठन भएको नेकपाको बिहीबार बसेको १ नंं. प्रदेश संसदीय दलको पहिलो बैठकले अधिकारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित सांसद अधिकारीले पदीय मर्यादा र आचारणको उल्लंघन गर्दै सुन तस्करी र सनम हत्याकाण्डका अभियुक्तको पक्षमा जिल्ला अदालत मोरङमा बहस गरेका थिए । सुन तस्करीमा प्रत्यक्ष जोडिएका प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बचाउन बहस गरेपछि उनी विवादित बनेका थिए ।

संसदमा सुन तस्कर र सनम हत्याका अभियुक्तमाथि कडा कार्वाही हुनुपर्ने आवाज उठिरहेको बेला अधिकारीले ‘व्यवसायिक काम’ भन्दै अभियुक्तको पक्षमा बहस गरेपछि सो विषय विवादित बनेको थियो । अधिकारी नेतृत्वकै समितिले निर्माण गरी प्रदेशसभाबाट पारित भएको प्रदेशसभा नियमावलीको समेत उल्लंघन गर्दै उनले गम्भीर अपराधमा मुछिएका अभियुक्तको पक्षमा बहस गरेको भन्दै नेकपाका सांसदहरुले चर्को आलोचना गरेका थिए ।

पार्टी एकीकरणपछि बसेको पहिलो संसदीय दलको बैठकमा सांसदहरु कुलप्रसाद साम्बा, लक्ष्मण तिवारीलगायतले पदीय मर्यादा र आचरण विपरित सांसद अधिकारीले अभियुक्तको पक्षमा बहस गरेको भन्दै यसलाई स्पष्ट गर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागमा सबै सांसदहरुले ताली बजाएर समर्थन गरेपछि बैठकले अधिकारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

गम्भीर अपराधका अभियुक्तको पक्षमा बहस गरेको कारण अधिकारीप्रति प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु र नेकपाकै कार्यकर्ताहरुले पनि असन्तुष्टि जनाउँदै आएका छन् । कतिपय सांसद र कार्यकर्ताहरुले उनलाई कार्वाही गर्नुपर्ने आवाजसमेत उठाइरहेको बेला संसदीय दलले स्पष्टिकरण सोधेको हो । यसअघि आफ्नो कामलाई व्यवसायिक धर्म भन्दै बचाउँ गर्दै आएका सांसद अधिकारीले मिडियाले सो प्रकरणमा आफ्नो ढाड खुस्कनेगरी प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।

मा प्रकाशित

1 thought on “सांसद अधिकारीसँग नेकपाले स्पष्टिकरण लिने

  1. Yesma thorai politics.THORAI SUN ( GOLD) Thorai Natapata. Le kaam gareko hola. Ghata bho. Bhrastachari jo bhaye pani mero birodh hunchha. Tyo mero father ( BAAU ) KINA NAHOS.

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes