मोरङका स्थानीय तहलाई ५ अर्ब बजेट - Pahilo Online

मोरङका स्थानीय तहलाई ५ अर्ब बजेट

कुन–कुनमा कति बजेट ?

writer

पहिलो अनलाइन

विराटनगर । अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार सार्वजनिक गर्नुभएको बजेटमा मोरङका स्थानीय तहलाई ५ अर्ब ३० करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जिल्लामा रहेका एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा वित्तीय समानीकरण र सशर्त अनुदान बापत सो बजेट प्राप्त हुने भएको हो ।

जिल्लाका स्थानीय तहमा आउने कुल बजेटमध्ये वित्तीय समानीकरणतर्फ २ अर्ब ५२ करोड ६५ लाख र सशर्त अनुदानतर्फ २ अर्ब ७८ करोड १७ लाख रुपैयाँ छुट्याइएको छ । वित्तीय समानीकरणतर्फ प्राप्त बजेटलाई स्थानीय तहहरुले आँफ्नो आवश्यकता अनुसार बजेट निर्माण गरी खर्च गर्नेछन् भने सशर्त अनुदानबाट प्राप्त भएको रकम तोकिएका विषयगत कार्यालयहरुको लागि खर्च हुनेछ ।

जिल्लामा सबैभन्दा भढी विराटनगर महानगरपालिकले ७८ करोड २० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अन्तरसरकारी वित्तीय हस्तान्तरण पुस्तिकामा उपमहानगरपालिका लेखिएको विराटनगरलाई वित्तीय समानीकरण तर्फ ३४ करोड २४ लाख र सशर्त अनुदानतर्फ ४३ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विराटनगरपछि सबैभन्दा बढी बजेट सुन्दरहरैंचा नगरपालिकाले प्राप्त गरेको छ । नगरपालिकाले प्राप्त गरेको ४२ करोड ५२ लाख मध्ये वित्तीय समानीकरणतर्फ १९ करोड ४१ लाख र सशर्त अनुदानतर्फ २२ करोड ११ लाख रहेको छ ।

यसैगरी उर्लाबारी नगरपालिकाले वित्तीय समानीकरणतर्फ १४ करोड ८५ लाख र सशर्त अनुदान तर्फ १८ करोड ३० लाख गरी ३३ करोड १५ लाख तथा पथरी शनिश्चरे नगरपालिकाले वित्तीय समानीकरणतर्फ १५ करोड ८५ लाख र सशर्त अनुदानतर्फ १७ करोड ११ लाख गरी३२ करोड ९६ लाख बजेट प्राप्त गरेको छ ।

यस्तै बेलबारी नगरपालिकाले ३६ करोड २९ लाख बजेट प्राप्त गरेकोमा वित्तीय समानीकरणतर्फ १७ करोड र सशर्त अनुदानतर्फ १९ करोड २९ लाख बजेट प्राप्त गरेको छ । ३३ करोड १० लाख बजेट प्राप्त गरेको रंगेली नगरपालिकाले वित्तीय समानीकरणमा १५ करोड १ लाख र सशर्त अनुदानमा १८ करोड ९ लाख खर्च गर्नेछ ।

जिल्लाको रतुवामाई नगरपालिकाले वित्तीय समानीकरणतर्फ १५ करोड ७५ लाख र सशर्त अनुदानतर्फ १८ करोड ९२ लाख गरी ३४ करोड ६७ लाख बजेट प्राप्त गरेकोमा लेटाङ नगरपालिकाले २३ करोड ७१ लाख बजेट पाउँने भएको छ । जसमा वित्तीय समानीकरणतर्फ १० करोड ७३ लाख र सशर्त अनुदानतर्फ १२ करोड ९८ लाख रुपैँया बजेट प्राप्त गरेको छ । यसैगरी सुनवर्षी नगरपालिकाले वित्तीय समानीकरणतर्फ १४ करोड ७६ लाख र सशर्त अनुदानतर्फ १३ करोड ७१ लाख गरी २८ करोड ४७ लाख रुपैँया प्राप्त गरेको छ ।

जिल्लाका ८ गाउँपालिकामध्ये सबैभन्दा बढी ग्रामथान गाउँपालिकाले २५ करोड १२ लाख रुपैँया बजेट प्राप्त गरेको छ । जसमा वित्तीय समानीकरणतर्फ ११ करोड ७ लाख र सशर्त अनुदानतर्फ १४ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ ।

यसैगरी कटहरी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ १२ करोड ५३ लाख र सशर्त अनुदानतर्फ ९ करोड १४ लाख गरी २१ करोड ६७ लाख, कानेपोखरी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ १२ करोड ८ लाख र सशर्त अनुदानतर्फ ११ करोड ४५ लाख गरी २३ करोड ५३ लाख तथा केराबारी गाउँपालिकाले वित्तीय समानीकरणतफृ १० करोण ५४ लाख र सशर्त अनुदानतर्फ १२ करोड ७१ लाख गरी २३ करोड १६ लाख बजेट प्राप्त भएको छ ।

२३ करोड ८ लाख बजेट प्राप्त गरेको जहदा गाउँपालिकाले वित्तीय सामानीकरणतर्फ १३ करोड ११ लाख र सशर्त अनुदानतर्फ ९ करोड ९७ लाख पाएको छ । यसैगरी धनपालथान गाउँपालिकाले वित्तीय समानीकरणतर्फ १२ करोड ५३ लाख र सशर्त अनुदानतर्फ १२ करोड २० लाख गरी २४ करोड ७३ लाख बजेट प्राप्त गर्दा बुढीगंगा गाउँपालिकाले वित्तीय सामानीकरणतर्फ १३ करोड ११ लाख र सशर्त अनुदान तर्फ ११ करोड ७० लाखगरी २४ करोड ८१ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।

जिल्लाको दुर्गम मिक्लाजुङ गाउँपालिकाले वित्तीय सामानीकरण तर्फ १० करोड १७ लाख र सशर्त अनुदानतर्फ १२ करोड ४८ लाख गरी २२ करोड ६५ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।

संघीय सरकार बाहेक अब प्रदेश सरकारले बनाउने बजेटमा पनि स्थानीय तहमा खर्च हुनेगरी विभिन्न कार्यक्रम समावेश हुनेछन् । संघीय सरकारले प्रदेश नम्बर १ सरकारको लागि जम्मा १९ अरब ८८ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । जसमा वित्तीय सामानीकरणतर्फ ६ अरब ६१ करोड ३ लाख र सशर्त अनुदानतर्फ १३ अरब २७ करोड ६७ लाख रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes