नालामा ढल मिसाउने न्युरोलाई कार्वाहीको तयारी - Pahilo Online

नालामा ढल मिसाउने न्युरोलाई कार्वाहीको तयारी

विरामीसँग चर्को शुल्क असुल्ने अस्पतालबाट जनस्वास्थ्यमाथि खेलवाड

writer

पहिलो अनलाइन

विराटनगर । केही वर्ष अगाडि विराटनगरमा खानेपानीमा कोलिफर्मको कारण जण्डिसको महामारी फैलिएको थियो । त्यसको कारण खोज्दा ठूला घराना र व्यवसायिक फर्महरुले नालामा ढल मिसाएको कारण खानेपानीमा कोलिफर्म पाइएको पुष्टि भएको थियो ।

अन्य व्यवसाय गर्ने मात्र हैन मानब स्वास्थ्यप्रति सचेत र संवेदनशिल हुनुपर्ने विराटनगरका नाम चलेका अस्पतालहरुले पनि नालामा ढल मिसाएको बारम्बार सार्वजनिक हुने गरेको छ । नालामा ढल मिसाएको कारण विराटनगरको विराट अस्पताल, गोल्डेन अस्पताल, श्री अस्पताल, आरके चिल्ड्रेन अस्पताल पटक–पटक कार्वाहीमा परिसकेका छन् ।

पछिल्लो पटक विराटनगरको न्यूरो अस्पतालले पनि ढल सिधै नालामा मिसाउने गरेको पाइएको छ । मंगलवार विराटनगर महानगरपालिकाको टोलीले गरेको अनुगमनका क्रममा अस्पतालको ढल नालामा मिसाएको फेला परेको हो ।

ढल नालामा मिसाएको पाइएपछि विराटनगर महानगरपालिकाले अस्पताललाई कारावाहीको तयारी थालेको छ । महानगरपालिकाले अस्पताललाई २४ घण्टाभित्र उपस्थित हुन निर्देशनसहित पत्र काटेको छ । महानगरको वातावरण शाखाकी अधिकृत अनिता कोइरालाले ढल मिसाएको विषयमा स्पष्टिकरण सोधिएको बताउनुभयो । महानगरपालिकाले यसअघि पनि अस्पतालको ढल नालामा मिसाएको भन्दै न्यूरोलाई कारवाही गरेको थियो ।

अस्पताल प्रशासनले भने फोहोर नालामा नमिसाएको दावी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकारी भारत श्रेष्ठले साप्ताहिक रुपमा सेफ्टी ट्याङ्कीबाट ढल निकालेर बिर्सजन गर्ने गरेको बताउदै ढलको चेम्बर सडक छेउमा भएपनि नालामा नमिसाएको जिकिर गर्नुभयो ।

उपभोक्तावादी संस्था, संयुक्त टोल नगर समन्वय समितिका पदाधिकारीसहितको उपस्थितिमा गरिएको अनुगमनकोक्रममा अस्पतालले फोहोरसहितको ढल नालामा मिसाएको पाइएको थियो । अनुगमनको क्रममा अस्पतालले सडक मिचेर ढलको चेम्बर बनाएको पनि पाइएको छ ।

विराटनगरमा ठूला अस्पताल स्थापना भएपनि कुनैपनि अस्पतालले अस्पतालबाट सृजित फोहोर बिर्सजनका लागि ट्रिटमेन्ट प्लान्ट स्थापना गर्ने गरेका छैनन् । अस्पतालहरुले सबैखाले फोहोर जथाभावी मिसाउँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ ।

त्यसो त विराटनगरका निजी अस्पतालहरु मापदण्डविनै सञ्चालनमा रहेको आवाज पटक–पटक उठ्ने गरेको छ । आवासीय प्रयोजनको लागि बनेका घरहरुमा अस्पताल सञ्चालन गर्दा विरामीले सहज रुपमा उपचार सेवा पाएका छैनन् । अधिकांश अस्पतालमा पार्किङलगायतका पूर्वाधारको पनि अभाब छ । जसले गर्दा सडक जाम हुनेगरी अस्पताल अगाडि सवारीका साधन रोकिएका हुन्छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes