
विराटनगर । बारम्बार विरामीको उपचारमा लापर्वाही गरेको भन्दै विवादमा पर्ने गरेको विराटनगरस्थित नोबेल मेडिकल केलजमा चिकित्सवको लापारबाहीले विरामीको मृत्यु भएको भन्दै पीडित परिवारले नाराबाजी गर्दै आइतबार प्रदर्शन गरेका छन् ।
उपचारमा लापारवाही गर्ने चित्सवहरुलाई तुरुन्त कारबाही गर्नुपर्ने भन्दै मृतकका आफन्तहरुले आइतबार हस्पिटल अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
विरामीको उपचारमा लापर्बाही भएको उपचारमा संलग्न चिकित्सकले स्वीकार गरेपनि अस्पताल प्रशासनले कारबाही नगरेको भन्दै पीडितका आफन्तहरुले दिनभरी नाराबाजी गरेका थिए । पीडित परिवार आन्दोलनमा उत्रिएपछि अस्पतालमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
नोबेलमा प्रदर्शनपछि पीडित परिवारले प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कार्वाहीको माग गरेका छन् । उनीहरुले उपचारमा लापर्बाही गर्ने चिकित्सकलाई कडाभन्दा कडा कारबाही र पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।
झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको बिहीबार साँझ नोबेलमा उपचारको क्रममा मृत्यु भएको थियो । राईको टाउको दुख्ने र ज्वरो आउने समस्याको कारण बिहीबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी उनालाई चिकित्सकले दुईवटा सुई लगाउनसाथ छटपटाउन थालेको परिवारले जनाएको छ । त्यसपछि डाक्टर बोलाउँदा पनि विरामी हेर्न नआएको र नर्सले एउटा ट्याब्लेट दिएकोमा तत्काल उनको मृत्यु भएको थियो ।
मेडिकल कलेजमा अध्ययनरत एमबीएसका विद्यार्थीको भरमा विरामीको उपचार भएकोले अकालमै ज्यान गएको मृतकका आफन्त गायत्री राईले बताउनुभयो । मृतकका पति वसन्त राई वैदेशिक रोजगारीमा ४ महिनादेखि कतारमा छन् भने ४ वर्षीया छोरी छन् ।
अस्पताल प्रशासनले शुक्रबार बिहान ९ बजे घटनाबारे छलफलका लागि बस्ने बताएपनि आधिकारिक व्यक्ति नभएको भन्दै छलफल पनि नगरेको पीडित पक्षले जनाएको छ । पीडित पक्षले घटनाको विषयमा मेडिकल काउन्सिलमा उजुरी दिने जनाएको छ ।
त्यस्तै केही दिन अगाडी चिकित्सकको लापरबाहीले मोरङको सुनवर्षी ८ का ३५ वर्षीय चैता मण्डलको पनि मृत्यु भएको थियो । सामान्य पेट दुखेपछि उपचारका लागि भर्ना चैतालाई नोबेलमा भर्ना गरिएकोमा बिहीबार शल्यक्रिया गरिएको थियो । तर, इन्फेक्सन भएको भन्दै उनलाई तत्काल दोस्रो शल्यक्रिया गरेकोमा तत्काल मृत्यु भएको परिवारले जनाएको छ ।