गोरेलाई सहयोग गरेको आरोपमा थप एक पक्राउ - Pahilo Online

गोरेलाई सहयोग गरेको आरोपमा थप एक पक्राउ

गोरेको बयान अझै सकिएन

writer

पहिलो अनलाइन

विराटनगर । सुन तस्करी र सनम शाक्या हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको बयान तीन दिनमा पनि सकिएन ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर बन्द इजलास शुक्रबार पनि गोरेको बयान नसकिएको हो । प्रतिवादी धेरै हुँदा यस मुद्दाका मुख्य अभियुक्त गोरेको बयान लम्बिएको जिल्ला अदालत मोरङका निमित्त श्रेष्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो ।

तेस्रो दिन पनि गोरेको ६ घण्टा बयान लिएको थियो । गोरेले अदालतका न्यायाधीश समक्ष २७ पृष्ठको बयान दिएको स्रोतले बताएको छ । गोरेको बयान लम्बिएको कारणले गर्दा उनको बयान आइतबार पनि हुने श्रेस्तेदार गौतमले जानकारी दिनुभयो ।

गोरेको बयान आइतबार दिउँसोसम्म सकिए सोही दिन र ढिलो सकिए सोमबार थुनछेक बहस हुने अनुमान गरिएको छ । बयानको क्रममा गोरेलाई सोधिएको प्रश्न घुमाउरो र विषय वस्तुभन्दा अर्को तिर कुराकानी गर्दा बयान लिम्बिएको अदालत स्रोतले बताएको छ ।

यसैबीच साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चुँडामणि उप्रेती ‘गोरे’का सहयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–२ का ३८ वर्षीय रेवत भनिने रेवन्तकुमार आचार्यलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई गोरेको बयानका आधारमा पक्राउ गरेको बताएको छ । सनम शाक्यको हत्याका लागि आचार्यले ब्याट्री र तार उपलब्ध गराएको र सनमको मृत्युपछि आचार्यसँग गोरेको फोन सम्पर्क बारम्बार देखिएपछि पक्राउ गरिएको स्रोतको दाबी छ ।

सनम शाक्यको शव भेटिएको गाडीमा करेन्ट लगाउन प्रयोग गरिएको ब्याट्री र तार पनि बरामद भएको थियो । पक्राउ परेका आचार्यलाई सनम शाक्य, मोहन काफ्ले र नरेन्द्र कार्कीसहितलाई गोरेले करेन्ट लगाउँदा ब्याट्री र तार उपलब्ध गराएको आरोप उनीमाथि लगाइएको छ । उनलाई जिल्ला अदालतमा शुक्रबार नै उपस्थित गराएर म्याद थप गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes