गोरेले अदालतमा दिएको निवेदनमा के छ ? - Pahilo Online

गोरेले अदालतमा दिएको निवेदनमा के छ ?

writer

पहिलो अनलाइन

विराटनगर । चर्चित सुन तस्करी काण्डका मुख्य अभियुक्त भनिएको मोरङ उर्लाबारीका चुँडामणी उप्रेती (गोरे)ले सुरक्षाको माग गर्दै अदालतमा जाहेर गरेको निवेदन सार्वजनिक भएको छ ।

‘मानव अधिकारकर्मी संघ संस्थाको निगरानीमा हिरासतमा रहन पाउँ’ भन्ने सम्बन्धमा गोरेले जिल्ला अदालत मोरङमा जेठ १० गते (बिहीबार) दिएको निवेदनमा आफूलाई धम्की आएको कारण असुरक्षित रहेको उल्लेख छ ।

‘म समेत प्रतिवादी भएकोले थुनछेक प्रयोजनार्थ मिति २०७५/०२/०९ गतेबाट मेरो पनि सम्मानित अदालतमा बयान शुरु भई आज दोस्रो दिन पनि मेरो बयान लिने÷दिने कार्य भइरहेको छ,’ निवेदनमा उनले भनेका छन्, ‘मलाई असुरक्षाको धम्की आएकोले जिल्ला प्रशासन कार्यालय, मोरङबाट शान्ति सुरक्षा प्रबन्ध मिलाई दिनुहुन र मानव अधिकारकर्मी संघ संस्थाको निगरानीमा हिरासतमा रहन पाउन सादर निवेदन गर्दछु ।’

गोरेको निवेदनको मस्यौदाकर्ता उनका तर्फबाट अदालतमा बहस गर्न वकालतनामा दिएका वकिल यमबहादुर मगर हुन् । गोरेको निवेदनको विषयमा जिल्ला अदालत मोरङका जिल्ला न्यायाधिश नारायण प्रसाद शर्माले निवेदन माग बमोजिम निवेदकलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउनु भनि जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र लेखी पठाउन आदेश गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes