सुभमको वृक्षारोपण - Pahilo Online

सुभमको वृक्षारोपण

writer

पहिलो अनलाइन

विराटनगर । लायन्स क्लब अफ विराटनगर सुभमले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटमा रहेको झोराहाट नाट्य घरको जग्गामा सुभमले वृक्षरोपण गरेको हो ।

वातावरण संरक्षणमा योगदान पु¥याउने साथै स्थानीय झोराहाट नाट्य घरलाई नियमित आम्दानीको स्रोत उपलब्ध गराउने उद्देश्यसहित वृक्षरोपण कार्यक्रम गरिएको हो ।

सुभमको आयोजना र अध्यक्ष मलिका रिजालको प्रायोजनमा १ सय बोट लोकल कागती र १० बोट पहाडे कागती रोपिएको हो । साथै सोही स्थानमा केही उन्नत जातका मेवाका विरुवा रोपिएको संस्थाकी अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मलिका रिजालले नाट्य र कला संस्कृतिको संरक्षणमा झोराहाट नाट्य घरले पु¥याउँदै आएको योगदानको उच्च प्रशंशा गर्नुभयो । ‘नेपाली कला र संस्कृतिको संरक्षण साथै युवा पुस्तालाई प्रोत्साहन गर्न नाट्य घरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उहाँले भन्नुभयो, ‘यस संस्थालाई अझ अगाडि बढ्न सबैको साथ, सहयोग र हौसलाको आवश्यकता छ ।’

अत्यन्तै सामान्य अवस्थाबाट नाटक घर निर्माण गरी यतिबेला व्यवसायीक कार्यक्रमहरु सञ्चालन गर्न सफल भएको उक्त संस्थालाई सामान्य सहयोग गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको रिजालले बताउनु भयो ।

कार्यक्रममा बोल्दै झोराहाट नाट्य समुहका अध्यक्ष भरत गुरागाईले नाटक घरमा यसप्रकारको उत्पादनमूलक योजनाका साथै कागतीका बिरुवा रोपिनु अत्यन्तै उदाहरणीय कार्य भएको बताउनु भयो । ‘संस्था वा नाटक हेर्न आउनेको संख्या उल्लेख्य हुन्छ । कठै भन्ने पनि धेरै छन्,’ अध्यक्ष गुरागाईले भन्नुभयो, ‘तर, हामीलाई माया गर्दै दीर्घकालीन आम्दानीको योजनासहितको सुभमको सहयोगलाई कहिल्यै बिर्सने छैनौं ।’

सुभमको सहयोगमा रोपिएका १ सय १० बोट कागती हुर्काउन सक्ने हो भने संस्थाले त्यसबाट निरन्तर लाखौं आम्दानी गर्नसक्ने भन्दै अध्यक्ष गुरागाईले नाटकको माध्यमबाट समाजलाई जोड्ने आफूहरुको प्रयत्नमा सुभमले सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सुभमकी चार्टर प्रेसिडेन्ट पध्मा रिजाल, पूर्व अध्यक्ष मिना जोशीलगायतको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes