सडक अतिक्रमण गरेका संरचना हटाइँदै - Pahilo Online

सडक अतिक्रमण गरेका संरचना हटाइँदै

writer

पहिलो अनलाइन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा पुरै सडकनै अतिक्रमण गरी निर्माण गरिएको सडक छेउको संरचना हटाइएको छ ।
नगरपालिकाको पहलमा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएको संरचनामा डोजर लगाएर हटाइएको हो ।

नगरलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्य अनुरुप सडकनै अतिक्रमण गरी बनाएको संरचनाहरु हटाउने अभियान सुरु गरिएको सुन्दरहरैचना नगरपालिकाका उपप्रमुख धनमाया तामाङले जानकारी दिनुभयो । सुन्दरहरैंचा नगरपालिकामा पूर्व पश्चिम लोकमार्ग अन्तर्गत ८२ दशमवलप ५ फिटमा सडक अतिक्रमण गरी बनाइएका घर–टहरा र अव्यवस्थित संरचनालाई हटाउने अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो ।

पूर्वको किस्ती खोलादेखि सुरु भएको अभियान खोर्साने, विराटचोक, सलकपुर गोठगाँउ हँुदै अब गछिया प्रवेश गर्ने बताइएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको टोली, उद्योग वाणिज्य संघ, वडाध्यक्ष, प्रहरी, उद्योग व्यापारी तथा स्थानीय वुद्धिजीवीहरू सबै यस कार्यमा लागि परेका छन् । स्थानीय व्यापारीले समेत ८२ दशमलब ५ फिट भित्र पर्ने व्यापारिक प्रयोजनका लागि राखिएका समाग्रीहरू सहज रुपमा हटाइ दिएकाले काम गर्न सहज भएको उपप्रमुख तामाङले बताउनु भयो ।

सडक अतिक्रमण गरी सडक छेउमा निर्माण गरिएको चौतारी, फलैंचा, यात्रु प्रतिक्षालय जस्ता सार्वजनिक संरचनासमेत हटाइएको छ । त्यस्तै विराटचोक, सलकपुुर र गोठगाँउमा रहेको ट्राफिक बिटसमेत डोजर लगाएर हटाएपछि स्थानीयले गुनासो गरेका छन् ।

नगरक्षेत्रलाई सफा र सडक विस्तारलाई फराकिलो पार्ने काममा नगरपालिका मेयर शिवप्रसाद ढकाल आफै अग्रसर भएर लाग्नुभएको छ । ‘विकासका निम्ति भत्काईएको पुराना संरचनाको उचित व्यवस्थापन हुनेछ,’ मेयर ढकालले भन्नुभयो, ‘नगरक्षेत्रलाई सफा व्यवस्थित र सुरक्षित सडकको उपभोग गर्न यहाँ जनताले पाउनेछन् ।’

पछिल्लो समय मोरङको सुन्दरहरैंचासँगै बेलवारी, पथरी शनिश्चरे, उर्लाबारीलगायतका नगरपालिकामा सडक मिचेर बनाइएका अवैध संरचना हटाउन अभियान नै सुरु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes