न्याय खोज्दै, भौतारिँदै - Pahilo Online

न्याय खोज्दै, भौतारिँदै

१३ वर्षमा छोरी पाएकी युवतीको पीडा

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेकी एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजीमा भौतारिरहेकी छिन् ।

१३ वर्षको उमेरमा पथरीशनिश्चरेका छिमेकी अर्जुन धिमालले जबरजस्ती करणी गर्दा ति किशोरी गर्भवती भएकी थिइन् । धिमालले करणी भएको कुरा सार्वजनिक भए मारिदिने धाक धम्की दिएपछि किशोरीले केही समय वास्तविकता लुकाएकी थिइन् । तर, सत्य छिपेन । ६ महिनापछि किशोरी गर्भवती भएको समाजमा हल्ला चल्यो ।

त्यसपछि किशोरीको गर्भपतन गराउन सबै जना पथरी, दमक र इटहरीलगायतका स्वास्थ्य केन्द्रमा पुगे । तर गर्भवती किशोरीको उमेर १३ वर्ष मात्र भएकोले गर्भपतन सम्भव भएन । समाजमा अप्ठ्यारो परे पछि अर्जुन पक्षकाले समाजका केही अगुवा र नातेदारको उपस्थितिमा किशोरीलाई जिम्मा लिए ।

तर, केटा पक्षले अर्जुनलाई छुटाएर झापाको बिर्तामोडमा बस्ने बन्दोबस्त मिलाई दिए । ३ महिना पछि छोरी जन्मिन । छोरी जन्मिएपछि किशोरी पनि परिवारसहित झापा बस्न थालिन ।

तर, किशोरीले न श्रीमानको माया पाइन न त परिवारको साथ पाउन सकिन । दैनिक कुटपिट यातना र धम्की खेपेकी किशोरी रगत पछे भएर पुनः माइत फर्किन ।

२ वर्षयता माइतमा बस्दै आएकी किशोरीसँग न त विवाह दर्ता छ, न बच्चाको जन्म दर्ता छ । नागरिकता लिने उमेर नपुगेकोले नागरिकता पनि छैन ।

महिला तथा वालबालिका केन्द्र विराटनगरकी महिला संयोजक गीता कट्टेलले किशोरीलाई पुनस्र्थापना गर्न सहयोग गरिरहनु भएको छ । ‘किशोरीलाई न्याय दिनका लागि कानूनी बाटोको खोजी गरिरहेका छौं,’ कट्टेलले भन्नुभयो, ‘जसरी पनि उनलाई न्याय दिलाउने छौं ।’ ‘पीडितको उजुरीका आधारमा न्यायको बाटो खोल्ने प्रक्रिया सुरु भैसकेको छ,’ इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले भन्नुभयो,’ ‘केटालाई पक्राउ गरेर ल्याई छलफल गरि कानुनी कार्वाही अगाडी बढाउने छौं ।’ किशोरीले भने केटासँग नाता प्रमाणित गरी भयरहीत बातावरणमा बस्न पाउनु पर्ने माग गर्दै आएकी छिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes