बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक - Pahilo Online

बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक

बाँध नबन्दा बाढीको जोखिम कायमै

writer

पहिलो अनलाइन

विराटनगर । मोरङस्थित जहदा गाउँपालिका वडा नम्बर १ कालाबन्जार क्षेत्रका जनता गत वर्षको वाढीको विध्वंश अहिले पनि सम्झन्छन् ।

लोहन्द्रा र सिंघीया खोलाले दर्जनौं स्थानमा बाँध फुटाएर वस्तीमा पसेको थियो । बाढी वस्तीमा पस्दा भएको त्यसबेलाको क्षति नबिर्सिएका जनताले यस वर्षपनि सुखको सास फेर्न भने नपाउने भएका छन् ।

गत वर्षको बाढीले जहदा गाउँपालिकाको १ नम्बर वडाको यो वस्ती डुबाएको थियो । लगाएको बाली नाली तथा तरकारी खेती सखाप पारेको थियो । बाढी वस्तीमा पसेपछि दुःखमा साथ दिन धेरै नेता तथा कार्यकर्ता आए पनि । तर, खोला नियन्त्रणका लागि कुनै ठोस कदम चालिएन । गत वर्ष डुबानमा परेर वा बाढीले बगाएर घरबारबिहीन बनेका जनता जसोतसो हालेको छाप्रो फेरि बाढीले चत्काइदिने हो कि भन्ने त्रासमा छन् । ‘नेताहरु भोट माग्न आए, गला मिलाए, हामी हेर्छौं नी भने तर अहिले कोही पनि आएका छैनन्,’ जहदा–१, कालाबञ्जारकी लक्ष्मी मगरले भन्नुभयो, ‘हामीले कस्लाइ दुःख सुनाउने पीडा सुनाउने कोहीबाट सुनुवाई हुँदैन ।’

सोही ठाउँका किसान मोहम्मद शमशेरको पीडा पनि कम छैन । लगाएको बाली बाढीले लग्यो । भएको घर खेत पनि खोलाले कटान ग¥यो । तर, कटान नियन्त्रण र बाँध नियन्त्रणमा सरोकारवाला निकायलाई जानकारी दिँदा पनि सुनुवाइ भएन ।

नदी कटानको समस्या मात्रै छैन यो गाउँमा । समस्या बाटोको पनि छ । स्कुल जाने विद्यार्थीले साइकल कुदाएर जान पनि सक्दैनन् । ठूला मान्छेलाई पनि यो क्षेत्रको २ किलोमिटर सडक छिचोलेर जान गाह्रो हुन्छ । सोही ठाउँका मोहम्मद इनायत र राजकुमार सरवरीयाको कुरा एउटै छ । बजेट छुट्याएको छ तर सडक मर्मतको काम अझै हुन सकेको छैन ।

विराटनगर महानगरपालिकासँग जोडिएको यो गाउँपालिकाको यो क्षेत्रमा अधिकांश मुस्लिम र मधेशी समुदायको बसोबास छ । यो क्षेत्रबाट संघीय संसदमा शिवकुमार मण्डल, प्रदेश संसदमा जयराम यादव निर्वाचित भएका छन् भने गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीयले नेता भोट माग्नमात्रै आउने गरेको तर दुःख पीडा हल गर्न नआएको भन्दै दुःखेसो गरेका छन् । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग पहल गरी खोला र बाढी नियन्त्रण तथा सडक मर्मतको काममा ध्यान दिनु आवश्यक देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes