स्काभेटर र ट्रिपर नियन्त्रणमा - Pahilo Online

स्काभेटर र ट्रिपर नियन्त्रणमा

अवैध ढुंगा–गिट्टी उत्खनन्

writer

पहिलो अनलाइन

झापा । प्रहरीले अनुमति विपरित जथाभावी नदीजन्य सामग्री उत्खन्नमा प्रयोग गर्ने स्काभेटरसहित ट्रिपर र ट्याक्टरलाई नियन्त्रणमा लिन थालेका छ ।

जिल्ला समन्वय समिति झापा (जिसस) र जिल्ला प्रशासन कार्यालय झापाको आदेश विपरित ठेकेदारले झापाको नदी तथा खोला दोहन गरिरहेको समाचार सार्वजनिक भएपछि प्रहरीले नदी तथा खोला बचाउ अभियान सुरु गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिसस प्रमुख सोमनाथ पोर्तेललगायतको अनुगमन टोलीले मेचीनगर–१० निन्दा खोलाको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा अनुमति बिना निन्दा खोलाबाट गिट्टी–बालुवा लोड गर्दै गरेको एउटा स्काभेटर र दुई ट्रिपर नियन्त्रणमा लिइएका हो । नम्बर नखुलेको स्काभेटर र मे १ ख २८१६, ना ६ ख ६१४९ नम्वरको ट्रिपरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ, भने चालकलाई आवश्यक कारबाहीका लागि जिसस पठाइएकोे छ ।

त्यस्तैगरी मेचीनगर– ६ स्थित काली मन्दिर छेऊबाट बग्ने मेची नदीबाट सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मले अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्दै गरेका ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले मे १ त ६३१९, मे १ त ५३८३, मे १ त ५४०६, मे १ त १९५५, मे १ त ६११३, मे १ त ४२७८, मे १ त ३४६४, मे १ त ६४८१ नम्वरको ट्याक्टर र चालक नियन्त्रणमा लिएको सशस्त्रका प्रहरी नायव उपरीक्षक दिनेशकुमार बस्नेतले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका ट्याक्टर र चालकलाई थप आवश्यक कारवाहीका लागि जिसस पठाईएको उहाँले बताउनु भयो ।

यता जिसस र प्रशासनको आदेश र नियम विपरीत निन्दा र मेची नदीबाट अबैध उत्खन्न भइरहेको जनगुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले स्थलगत अनुगमनलाई निरन्तरता दिएको जिसस प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes