प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस - Pahilo Online

प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस

प्रदेश सरकारले विज्ञ समूह गठन गर्यो

writer

पहिलो अनलाइन

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनकालागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

बुधवार बसेको बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समुह गठन गर्ने निर्णय गरेको हो । विज्ञ समुहमा रहनुभएका डा. रेग्मी विराटनगर महानगरपालिकाका पूर्व योजना प्रमुख हुनुहुन्छ भने प्याकुरेल युवा उद्योगी हुनुहुन्छ । त्यसैगरी सोमनाथ अधिकारी व्यवसायिक क्षेत्रका विज्ञ तथा कानुन सम्वन्धी जानकार व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

विज्ञ समितिले सरकारको कामकारवाहीमा महत्वपूर्ण सुझाव दिनुका साथै निर्णय कार्यान्वयनको प्रभावकारिताको विषयमा सरकारलाई फिडव्याक प्रदान गर्ने छ ।

मन्त्रिपरिषद बैठकले आगामी जेठ १७ गते दिउँसो ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आव्हान गर्नकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । संसद अधिवेशन नचलेका कारण कतिपय विषयमा अध्यादेश ल्याएर अघि बढ्नु पर्ने परिस्थिती आइसकेको थियो भने पूर्व बजेटमाथि छलफल गर्न पनि ढिलाई भएको छ ।

यसैगरी बैठकले योजना छनौट तथा कार्यान्वयन निर्देशिका २०७५ पारित गरेको छ भने निकट भविष्यमा हुनसक्ने बाढी पहिरोको प्रकोप नियन्त्रणकालागि तटबन्ध निर्माण गर्न बजेटको प्रवन्ध गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes