विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने - Pahilo Online

विराटनगरमा रहेको भारतीय फिल्ड कार्यालय हट्ने

writer

पहिलो अनलाइन

विराटनगर । सरकारले पटक पटक कार्यालय हटाउन आग्रह गर्दा पनि अटेरी गरेर बसिरहेको विराटनगरस्थित भारत सरकारको फिल्ड अफिस बन्द हुने भएको छ ।

बाढीले कोशी ब्यारेज भत्काएपछि २ भदौ २०६५ मा आएको उक्त कार्यालयको काम सकिएसँगै हटाउन माग हुँदै आएको थियो ।

बाढीपीडितलाई राहत उपलब्ध गराउँदा नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भएका कारण सवारी पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला फिल्ड अफिस बन्द गर्न पत्र काटेको भएपनि भारतले केही भनेको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको छ । भारतीय विदेशमन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेको बताइएको छ । जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको र भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको भारतीय विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes