भन्सार र व्यापारीको दोहोरी - Pahilo Online

भन्सार र व्यापारीको दोहोरी

विराटनगर भन्सार कार्यालय बिहान ९ बजे खोल्ने निर्णय कार्यान्वयन भएन

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर भन्सार कार्यालयले डेढ महिनाअघि देखि ९ बजेपछि कार्यालय संचालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

भन्सारमा अन्तिम समयमा हुने भीडभाड कम गर्न गरिएको उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारी बाधक बनेको उद्योगी व्यवसायी बताउँछन् । भन्सार कार्यालय भने व्यापारीको बानी नै ढिलो गर्ने लागेको कारण उक्त निर्णय लागू गर्न नसकेको बताउँछ ।

विराटनगर भन्सार कार्यालय आसपासको क्षेत्रमा भीडभाड र ट्राफिक जाम बढेको छ । भन्सार कार्यालयको यार्ड सानो हुँदा मालबहाक ट्रक र सवारी साधन भन्सार कार्यालयदेखि विराटनगरको जुटमिलको खाली जग्गासम्म लाम लागेका छन् । भन्सार कार्यालयले यस्तो चाप हटाउनका लागि बिहान ९ बजे नै एक लट गाडीको चेकजाँच सक्ने र पुनः दिउँसो अर्को लटक चेकजाँच गर्दा भीडभाड हट्ने अपेक्षासहित ९ बजेदेखि नै कार्यालय खोल्न थालेको थियो । तर उक्त निर्णय कार्यान्वयन हुन अझै सकेको छैन ।

भन्सार कार्यालय व्यापारीको बानीमा सुधार नआएसम्म उक्त निर्णय कार्यान्वयन हुन नसक्ने देखिएकोले आवश्यक छलफल र परामर्श गरिरहेको जनाएको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले उक्त निर्णय कार्यान्वयनमा व्यापारी नै बाधक भएको बताइरहँदा व्यापारी भने भन्सारकै ढिलासुस्तीले यस्तो भएको बताउँछन् ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले क्लियरिङ एजेन्ट नआएका कारण भन्दा पनि भन्सार कार्यालयकै कारण उक्त निर्णय कार्यान्वयनमा ढिलाई भएको बताउनु भयो । भन्सार कार्यालयको परम्परागत सोचका कारण समस्या भएको उहाँको भनाइ छ ।

व्यापार संघका अध्यक्ष सारडाले भीडभाड हटाउनका लागि एकीकृत जाँच चौकी (आइसिपी) निर्माणमा तदारुकता अपनाउनु पर्नेमा जोड दिनुभयो । भन्सार कार्यालय आसपासमा थन्किएका मालबहाक ट्रकको लाइनका कारण सर्वसाधरण आवत–जावतमा पनि समस्या छ । गर्मी, धूलो र भीडभाडका कारण भन्सार क्षेत्रबाट आवत–जावत गर्ने सर्वसाधरणले सास्ती पाइरहेको बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes