वादी–प्रतिवादीको बहस सकियो - Pahilo Online

वादी–प्रतिवादीको बहस सकियो

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण

writer

पहिलो अनलाइन

विराटनगर । सुन तस्करी र शनम शाक्य हत्या प्रकरणको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यसायीको बहस सकिएको छ । आठ दिन लगाएर ५६ जना कानुन व्यसायीहरूले प्रतिरक्षा गर्दै अभियुक्तको बचाउपूर्ण बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट अन्तिम दिन सोमबार दुई जना कानुन व्यवसायीले बहस गरे । अधिवक्ता एम बहादुर मगरले लाक्पा शेर्पा र राजन कुमारको पक्षमा बहस गरेका थिए भने भवानी सुवेदीले कपिलराज पुरी र अम्बर बहादुर थापाको पक्षमा बहस गरे । सोही दिन जाहेरवा सन्जिव शाक्यको पक्षमासमेत तीन जना कानुन व्यासयीले बहस गरे । जसमा डम्बर बहादुर मगर, नगेन्द्र प्रसाद थापा र विनोद यादवले जाहेरवालको पक्षमा बहस गरेका थिए । यसअघि प्रतिवादीको तर्फबाट ५४ जना कानुन व्यवसायीले बहस गरिसकेका थिए ।

प्रतिवादीतर्फका काुनन व्यावसीहरुले बहस सकेपछि वादीकोतर्फबाट सरकारी वकिलले सोमबार नै प्रत्युत्तर दिए । प्रत्युत्तर बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा सरकारी वकिलको समूह बनाइएको छ । यो समूहमा मोरङ जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय पदम वस्ती र रोहित पोखरेल छन् । समय अभावले सोमबार प्रत्युत्तर वादीको तर्फबाट एक जना सरकारी वकिले मात्र गरे । मंगलबार पुनः अन्य सरकारी वकिलले बहस गरेपछि थुनछेक बहसको आदेश आउने बताइएको छ । प्रत्युत्तर सोमबार सरकारी वकिलको कार्यालय मोरङ जिल्ला न्यायधिवक्ता पाठकले मात्र गरे ।

उनले प्रत्यिुत्तर उपलब्ध प्रमाणका आधारमा प्रतिवादी कसुरदार देखिएको भन्दै थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने तर्क राखेका छन् । अभियुक्तको घरबाट बरामद गरिएका रजिष्टर र अन्य कागजातले सुनका कारोबारी हुन् भन्ने प्रस्ट भएको उल्लेख गर्दै प्रतिवादी स्वयंले बयानमा सुन आएको स्वीकारेकाले सुन बरामद हुनु–नहुनु नै अभियुक्त कारोबारी होइनन् भन्न सकिने आधार हुन नसक्ने बताए । टेलिफोन ‘कल डिटेल्स’ र इजलासमा प्रस्तुत भिडियो रेकर्डबाट कसुरदार भएको प्रमाणित हुने पाठकले अदालतसमक्ष जिकिर गरेका थिए । ‘अन्डर कभर अप्रेसनको’ नाममा प्रहरीले दुरुपयोग गरी अपराधिलाई सहयोग गरेको भूमिका देखिएकोले थुनामा राख्नुपर्ने बताए ।

वादीको तर्फबाट सरकारी वकिलले बहस वैशाख २८ गते सकिएपछि प्रतिबादीतर्फका कानुन व्यवसायीले २९ वैशाखदेखि प्रतिरक्षा गर्दै बहस गर्न सुरु गरेका थिए ।

सम्भवतः मंगलबार वादीकोतर्फबाट तीन जना सरकारी वकिलले प्रत्युउत्तर दिएपछि मंगलबार साँझ वा बुधबार थुनछेकको आदेश आउने स्रोतको भनाइ छ । थुनछेकको आदेशबाट न्यायाधीशबाट अभियुक्तलाई थुनामै राखेर पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्नेबारे आदेश हुनेछ ।

यो मुद्दाका ६३ अभियुक्तमध्ये पक्राउ परी न्यायिक हिरासतमा रहेका ३० जना प्रतिवादीतर्फबाट ५६ जना कानुन व्यवसायीले बहस गरेका थिए भने वादीकोतर्फबाट सरकारी वकिवलको तर्फबाट ७ जनाले गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes