ओली सरकारविरुद्ध मुस्लिम समुदाय - Pahilo Online

ओली सरकारविरुद्ध मुस्लिम समुदाय

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल मुस्लिम संघले विभिन्न ६ बुँदे माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कटौती गरेको भन्दै सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।

विराटनगरको मुख्य बजार बि प्लटबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गर्दै मोरङको जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ओली नेतृत्वको वर्तमान सरकारले धर्मनिरपेक्षता सम्बन्धीत संवैधानिक व्यवस्थाको विपरीत मुस्लिम समुदायको पर्वमा विदा कटौती गरेको मुस्लिम अगुवा गुड्डु मियाले बताउनु भयो । यस्तै मुस्लिम अगुवा सलिम अन्सारीले सरकारले धर्मनिरपेक्षताको धज्जी उडाएको भन्दै कटौती गरेको विदाको निर्णय तत्काल फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।

मुस्लिम संघले मुस्लिमको पर्व इद, बकरइद, हजरत मुम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, मुस्लिमहरुले सदियौंदेखि भोगचलन गर्दै आएको कबरस्थानलाई कबरस्थानकै नाममा दर्ता गर्नुपर्ने, राज्यका हरेक निकायमा मुिस्लम समुदायको सहभागीताका लागि छुट्टै क्लस्टरको व्यवस्था गर्नुपर्ने, मदर्सा शिक्षालाई राष्टिय मूलधारमा ल्याउन र व्यवस्थित गर्न अधिकारसम्पन्न राष्टिय मदर्सा बोर्डको गठन गर्नुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गर्नुपर्नेलगायतका माग राखेको छ ।

संघले विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्दै आजदेखि देशव्यापी आन्दोलनमा लागेको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes