एक ठाउँको अनुमति अर्कै ठाउँमा क्रसर - Pahilo Online

एक ठाउँको अनुमति अर्कै ठाउँमा क्रसर

क्रसर व्यवसायीको मनपरी

writer

पहिलो अनलाइन

विराटनगर । मापदण्ड विपरित क्रसरहरु संचालन भइरहेको सन्दर्भमा छानविन गर्न गठन भएको समितिले मोरङको केरावारीमा संचालन भइरहेको तीन ओटै क्रसर उद्योगहरु अनुमति दिएको जमिनमा नभेटिएको जनाएको छ । एक ठाउँमा संचालन गर्न अनुमति दिएको भएपनि अकैं ठाउँ र अर्कै जमिनमा उद्योग भेटिएको हो ।

उद्योग संचालन अनुमति लिने क्रममा कार्यालयमा पेश गरेको जमिनको कित्ता नम्वर लगायतका कागजपत्र अनुसार अनुगमन गर्न जाँदा उल्लेखित स्थानमा उद्योग नभेटिएको बरु खोलाको छेउमा र अनुमति लिएको भन्दा फरक ठाउँमा उद्योग फेला परेको छानविन समितिकी संयोजक सुशिला श्रेष्ठले जानकारी दिनुभएको छ ।

मोरङको केरावारी गाउँपालिका अन्तरगत खदम खोलामा महादेव क्रसर उद्योग, कृष्ण क्रसर उद्योग र ओम क्रसर उद्योग संचालनमा छन् । केरावारी गाँउपालिकाका अध्यक्ष रोहितबहादुरक कार्की, वार्ड नम्वर ३ का वार्ड अध्यक्ष भक्त श्रेष्ठ, वार्ड नम्वर ८ का जंङ्ग भुजेल र वार्ड नम्वर १० का वार्ड अध्यक्ष मनोज खड्काले क्रसर उद्योग संचालन गर्दै आउनुभएको छ ।

ति उद्योगहरु निर्धारित मापदण्ड अनुसार नभएको र तोकिएको स्थानमा पनि संचालन भएको नपाइएको विवरण उल्लेख गरेर प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन लिने तयारी गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नापी कार्यालयको अमिनसहितको टोलीले अनुगमन गर्दा उद्योग संचालनको लागि अनुमति माग गर्दा पेश भएको जमिनमा उद्योग नभएको पाइयो, अन्य मापदण्डहरु पनि मिलेको जस्तो देखिएको छैन अध्ययन गरेर प्रतिवेदन बुझाउँछौं ।’

अनुगमनका क्रममा श्रेष्ठले संचालन अनुमतिकालागि पेश गरेको स्थानमा क्रसर उद्योग नभेटिएकोले अब अन्यत्र सार्न र संचालन गर्न नमिल्ने जानकारी क्रसर संचालकहरुलाई गराउनुभएको छ । उहाँले वार्ड अध्यक्षद्वय भक्त श्रेष्ठ र जंङ्ग भुजेललाई गलत स्थानमा उद्योग संचालन भएको पाइएकोले अहिले भएको ठाउँबाट अन्यत्र स्थानान्तरण नगर्न र संचालन पनि नगर्न मौखिक आग्रह गर्नुभएको छ । यद्यपी प्रतिवेदन तयार नभइसकेका कारण क्रसरले मौज्दात पदार्थ प्रशोधन भने जारी राखेको छ ।

क्रसर उद्योगहरुले मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्ने क्रममा लेटाङको ओमश्री क्रसर उद्योग एण्ड सप्लायर्स भने तोकिएकै जमिनम भेटिएको श्रेष्ठले जानकारी दिनुभयो । यद्यपी सो उद्योग रााष्ट्रिय वन क्षेत्र, वस्ती र खोलामा नै रहेको छ । खोलाबाट करिव एक किलोमिटर टाढा हुनुपर्ने भएपनि अनुमति दिदैका बखत खोला किनारमा जोडिएको जमिनमा उद्योग संचालन गर्न अनुमति दिएको पाइएको हो ।

त्यस विषयमा छानविन समितिका संयोजकले उद्योग संचालन अनुमति दिँदाको बखतको मापदण्ड अध्ययन गर्ने काम भइरहेको बताउनुभयो । सो उद्योग लामो समयदेखि मोरङका खोलाहरु ठेक्का लिएर कर संकलन गर्ने र क्रसर उद्योग संचालन गरी ढुंगागिटिमा एकछत्र राज गर्दै आउनुभएका व्यवसायि भीम पौडेलले संचालन गरिरहनुभएको छ ।

त्यस बाहेक उर्लावारी, पथरी शनिश्चरे, गछिया, बेलवारी र बुढिखोलामा संचालित क्रसर उद्योगहरुको अनुगमन पनि गर्ने तयारी समितिले गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes