सरकारद्वारा छानविन समितिको म्याद थप - Pahilo Online

सरकारद्वारा छानविन समितिको म्याद थप

३८ क्विन्टल सुन तस्करी प्रकरणमा सरकारको निर्णय

writer

पहिलो अनलाइन

काठमाडौं । संघीय सरकार मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले महत्वपूर्ण निर्णय गर्दै सकिएको छ ।

बैठकले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिको म्याद थप गरेको छ । समितिले जेठ मसान्तसम्म समय पाएको हो । सुन तस्करीको विषयमा मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ भने थप छानविन जारी रहेको सरकारले जनाइको छ ।

बैठकले चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने नयाँ राजमार्ग बनाइने भएको छ । यसको नाम मदन भण्डारी राजमार्ग दिइएको छ ।

उक्त राजमार्ग करिब १२ सय किलोमिटर लामो हुनेछ । झापाको शान्तिनगरबाट सुरु हुने उक्त राजमार्ग धरान, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगढुवा हुँदै रुपालसम्म पुग्नेछ ।

बैठकले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संरचना पनि स्वीकृत गरेको छ । यस्तै बैठकले राष्ट्रपतिले संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने निर्णय पनि गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes