किसानलाई धानको बीऊ वितरण - Pahilo Online

किसानलाई धानको बीऊ वितरण

writer

पहिलो अनलाइन

ताप्लेजुङ । धानको बिरुवा (बेर्ना) उत्पादन गर्ने मौसम सुरु भएसँगै जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले किसानलाई उन्नत जातको धानको बीऊ वितरण गर्न सुरु गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयले खुमल–१० नाम गरेको उन्नत जातको धानको बीऊ किसानलाई वितरण गर्न सुरु गरेको हो ।

धनकुटाको पाख्रीबासबाट धानको बीऊ ल्याएर ५० प्रतिशत अनुदानमा वितरण गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार शाखाका प्राविधिक सहायक भोला यादवले जानकारी दिनुभयो । प्राविधिक सहायक यादवका अनुसार ४ दिनको अवधिमा करिव ३ क्विन्टल (३०० किलोग्राम) जति धानको बीऊ किसानले लगिसकेका छन् ।

जिल्लाको फुङ्लिङ नगरपालिकासहित आठराई त्रिबेणी, मिक्वाखोला, पाथीभरा याङ्वरक, सिदिङ्बा लागयत गाउँपालिकाका किसानले धानको बीउ लगेका छन् । गतवर्ष फुङ्लिङ नगरपालिका ७ र ८ साविक दोखु गाविसका पहिरो पीडित किसानलाई जिल्लामै पहिलो पटक खुमल–१० जातको ५ सय किलोग्राम धानको बीऊ ल्याएर निःशुल्क वितरण गरिएको थियो ।

पहिरो पीडित किसानले लगाएको खेतीबाट गतवर्ष राम्रो उत्पादन भएपछि यसवर्ष मूल्य अनुदानमा किसानलाई वितरण गर्नेगरी कार्यालयले २ हजार ५ सय केजी धानको बीऊ ल्याएको छ । धानको ब्याड राख्ने सिजन अब मात्र सुरु हुने भएकाले हालसम्म थोरै किसानले मात्र धनको बीऊ लगेका र बीऊका लागि धेरै किसानले सम्पर्क गरिरहेका उहाँले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालयका अनुसार धानको बीऊको मूल्य ८० रुपियाँ प्रतिकेजी भएपनि ५० प्रतिशत अनुदानका कारण किसानले प्रतिकेजी ४० रुपियाँ मात्र मूल्य तिर्नुपर्ने हुन्छ । यो धान ५ सयदेखि १ हजार ५ सय मिटरसम्मको उचाइमा लगाउन सकिने प्राविधिक सहायक यादवले बताउनुभयो ।

ताप्लेजुङको एक नगरपालिकासहित ९ स्थानीय तहका अधिकांश वडा अर्थात साविकका गाविसमा धान खेती गर्ने गरिन्छ । जिल्लामा साढे ८ हजार हेक्टर बढी क्षेत्रफलमा धान खेती गरिन्छ भने करिव २४ हजार मेट्रिकटन उत्पादन हुने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes