चेम्बर अफ कमर्समा श्रेष्ठ - Pahilo Online

चेम्बर अफ कमर्समा श्रेष्ठ

writer

पहिलो अनलाइन

विराटनगर । मोरङ चेम्वर अफ कमर्सको प्रथम साधारणसभाले सुरेशमान श्रेष्ठलाई अध्यक्ष चुनेको छ ।

उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि आदि उद्योगी व्यापारीको हकहितमा कार्य गर्र्न गठन भएको चेम्बर अफ कमर्सको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा सुरेन्द्र गोल्छा, यादव पोखरेल र शिवप्रसाद रिजाल, महासचिवमा कृष्णप्रसाद दाहाल, सचिवमा हरिवहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोजकुमार मिश्र तथा सह–कोषाध्यक्षमा प्रकाशनारायण चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा अञ्जलीदेवी श्रेष्ठ, रमेश गिरी, डा.सन्देशदास श्रेष्ठ र सञ्जीव श्रेष्ठ रहेको बताइएको छ ।

नेपाल चेम्वर अफ कमर्सको १ नं. प्रदेश कार्यालय आगामी जेठ १४ गते विराटनगरमा उद्घाटन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes