दमकमा बम विष्फोट, २ जना घाइते - Pahilo Online

दमकमा बम विष्फोट, २ जना घाइते

writer

पहिलो अनलाइन

दमक । झापाको दमक नगरपालिका ७ वडाध्यक्ष भीम पौडेलको घर नजिक बम विस्फोट भएको छ। बम विस्फोटमा परी दमक ८ का त्रिलोचन पोखरेल र सेमु राई घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार बम विष्फोटमा परी घाइते हुनेहरू श्रीमान श्रीमती हुन्। घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था खतरामुक्त रहेको बुझिएको छ । विस्फोटस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। राति ९ बजेतिर दमक–६ स्थित पौडेलको घरअगाडि बम विस्फोट भएको हो ।

दमक–७ को सुनलाइनमा रहेको नगरपालिकाको जग्गामा निर्माण गरिएको घरटहरा भत्काउँदा पौडेललाई एक समूहले दबाब दिँदै आएको खुलासा भएको छ । सोही कारणले पौडेललाई निशाना बनाइएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes