राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखा विस्तार - Pahilo Online

राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखा विस्तार

writer

पहिलो अनलाइन

विराटनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले शुक्रबार धनकुटामा आफनो ४३ औं शाखा विस्तार गरेको छ । यसअघि ४२ जिल्लामा शाखा विस्तार भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख रमेश पोखरेलले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै १ नम्बर प्रदेश समितिका उपसभामुख तथा कार्यक्रमका प्रमुख अतिथि सरस्वती पोखरेलले राजनीतिक क्रान्ति सम्पन्न भइसकेको अवस्थामा अहिले कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

उपसभामुख पोखरेलले अहिले सरकारले नै विकास निर्माणमा केन्द्रित हुन आह्वान गरेको अवस्थामा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले धनकुटालाई १ नम्बर सहकारी बनाउन पर्यटन, उत्पादन र कृषिमा लगानी गरे सम्भव हुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष शिव कुमार डाँगी, १ नम्बर प्रदेशसभा सदस्य बिना राई, धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, सहकारीका कोषाध्यक्ष यज्ञ कुमारीलगायतको उपस्थिति थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes