सक्रिय १ नम्बर प्रदेशसभाका सदस्य - Pahilo Online

सक्रिय १ नम्बर प्रदेशसभाका सदस्य

११ जना सांसद सतप्रतिशत उपस्थित हुँदा एमाले सांसद भीम आचार्य भने अधिकांश वैठकमा अनुपस्थित

writer

पहिलो अनलाइन

विराटनगर । प्रतिनिधिसभाका सांसदहरु संसद वैठकमा उपस्थित नहुँदा कोरम नपुगेर बैठक स्थगित भएको सार्वजनिक भइरहँदा १ नम्बर प्रदेशसभाका सांसदहरू भने सक्रिय देखिएका छन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९ औं बैठक भएको थियो । उक्त वैठकमा ११ जना सांसद सतप्रतिशत उपस्थित भएभने ३० औं वैठकमा उपस्थित हुने सांसदको संख्या ६५ रहेको छ । यसरी हेर्दा १ नम्बर प्रदेशका सांसदहरु सक्रिय देखिएका छन् भने जनसरोकारका विषयमा पर्याप्त छलफल गर्ने इच्छाशक्ति पनि देखाएको पाइएको छ ।

सत प्रतिशत उपस्थित हुने सांसदहरुमा झापाकी इन्दीरा राई, सुनसरीकी उमिता विश्वकर्मा, उदयपुरकी कला घले, संजाकुमारी दनुवार, मोरङकी कल्पनाकुमारी सरदार, चुमनारायण तबदार, बसन्तीदेवी यादव, विजयकुमार विश्वास, शिवनारायण गनगाईं र सावित्रा कुमारी रेग्मी रहेका छन् ।

यसका साथै ३८ वटा वैठकमा सहभागी हुने सांसदको संख्या १४ जना छ भने ३० वटा भन्दा कम बैठकमा सहभागी हुनेको संख्या २१ छ ।
संसदमा अनुपस्थित हुनेको लाइनमा सबैभन्दा अगाडि नेकपा एमालेका केन्द्रीय सचिव तथा सुनसरीका सांसद भीम आचार्य १० वटा मात्रै बैठकमा सहभागी भएको संसद सचिवालयको रेकर्डमा उल्लेख छ । आचार्यले १० वटा वैठकमा सहभागी भएको रेकर्ड संसदमा भएपनि सचिवालयकै कर्मचारीहरु भने आचार्य पहिलो बैठकमा मात्र सहभागी भएको बताउँछन् ।

आचार्य एमालेको संसदीय दलको नेता तथा मुख्यमन्त्रीको निर्वाचनमा पराजित भएका थिए । पार्टीमा आफूभन्दा जुनियर जिम्मेवारीमा रहेका शेरधन राईसँग दलको नेतामा पराजित भएपछि आचार्यले संसदको कामकारबाहीलाई महत्व नदिइएको पाइएको छ ।

आचार्य पछि पाँचथरबाट निर्वाचित एमालेका सांसद गणेश काङ्माङ २१ वटा र संसद वैठकको सुरुवात संचालन गरेका झापाका कांग्रेस सांसद ओम सरावगी १८ वटा वैठकमा अनुपस्थित देखिएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुमा माओवादीका टंक आङ्बोहाङ १२ वटा, कांग्रेसका राजिव कोइराला ११ वटा, एमालेका सचेतक बुद्धीकुमार राजभण्डारी १५ वटा, संघीय समाजवादीका जयराम यादव १२ वटा वैठकमा अनुपस्थित भएको उल्लेख छ । प्रदेश संसद ९३ जनाको रहेकोमा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीहरु बाहेक ८६ जना सांसदमध्ये ९ जना सांसद १५ भन्दा बढी वैठकमा अनुपस्थित रहेको पाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes