नगरपालिकाले चियाको मूल्य तोक्यो - Pahilo Online

नगरपालिकाले चियाको मूल्य तोक्यो

writer

पहिलो अनलाइन

इलाम । इलामको सूर्योदय नगरपालिकाले चियापत्तीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

हरियो चियापत्तीको न्यूनतम मूल्य तोक्नुपर्ने माग चिया उत्पादक किसानले गर्दै आएका बेला सूर्याेदय नगरपालिकाले यस्तो कदम चालेको हो ।
चिया कारखानाले यो वर्ष प्रतिकिलो ४० रुपैयाँभन्दा माथि मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताउनुभयो । नगरपालिकामा ५२ वटा चिया कारखाना छन् ।

यसअघि चिया तथा कफी विकास बोर्डले चिया मूल्यसम्बन्धी अध्ययन गरेको थियो । यद्यपि, चियापत्तीको न्यूनतम मूल्य निर्धारण हुन सकेको थिएन । न्यूनतम मूल्य निर्धारणसँगै रातारात मूल्य तल–माथि हुने समस्या समाधान हुने नगरपालिकाले जनाएको छ ।

उद्योग सञ्चालकले भने यो निर्णय अध्यन नै नगरी आएको प्रतिक्रिया दिएका छन् । नगरपालिकासँग ४० प्रतिशत मुना भएको चियाको मूल्य प्रतिकिलो ४० रुपैयाँ राख्ने विषयमा छलफल भएको चिया उद्योगी गोपाल कट्टेलले बताउनुभयो । ४० प्रतिशत मुना नभएको चिया कारखानाले फिर्ता गर्न थालेमा थप समस्या आउने उहाँको भनाइ छ ।

किसानले भने किसानका पक्षमा महत्वपूर्ण निर्णय भएको प्रतिक्रिया दिएका छन् । जनहित कृषि सहकारीका अध्यक्ष गोपाल भट्टराईले किसानको पक्षमा नगरपालिकाले निर्णय गरेको बताउनुभयो । इलाममा यो वर्षको सुरु सिजनमा चियापत्तीको मूल्य प्रतिकिलो ७५ रुपैयाँसम्म पुगेको थियो ।

नगरपालिकाको आर्थिक विकास समिति संयोजकत्वको टोलीले लामो समय अध्ययन गरेपछि न्यूनतम मूल्य निर्धारण गरिएको मेयर राईको भनाइ छ । समितिका संयोजक देवेन्द्र शर्माले किसान, उद्यमी र विज्ञबीच पटक– पटकको छलफलपछि मूल्य निर्धारण गरेको बताउनुभयो । संकलकको काम गर्ने बिचौलियाले पाइरहेको प्रतिकिलो १० रुपैयाँभन्दा बढी कमिसनसमेत नियन्त्रणको प्रयास नगरपालिकाले गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes